मुलुकका विभिन्न विधामा ख्याति कमाएको उच्च माध्यमिक विद्यालयका संस्थापक शिक्षासेवीहरु अभिनन्दित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मुलुकका विभिन्न विधामा ख्याति कमाएको उच्च माध्यमिक विद्यालयका संस्थापक शिक्षासेवीहरु अभिनन्दित

काठमाण्डौ :- सर्लाही सुकेपोखरीस्थित चुतुर्भुजेश्वर जनता उच्च माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकसहित दुईजनालाई अभिनन्दन गरिएको छ ।

त्यस भेगमा विद्यालय शिक्षाको विकास र विस्तारमा विशिष्ट एवं अतुलनीय योगदान पुर्‍याएबापत विद्यालयको स्वर्ण महोत्सवका अवसरमा पूर्वप्रधानाध्यापकद्वय महेन्द्रप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अभिनन्दन गरिएको हो । विसं २०२७ पुस ९ बाट माध्यमिको हो ।

विसं २०२७ पुस ९ बाट माध्यमिक तहक तहको पढाइ सुरुआत भएको उक्त विद्यालय सर्लाही जिल्लाको उत्तरी भेगको पहिलो मावि हो । त्यस बेला सो जिल्लाका अतिरिक्त सिन्धुली, रौतहट, बारा र महोत्तरीबाट समेत उक्त विद्यालयमा नियमित पठनपाठनका लागि विद्यार्थी आउने गर्थे ।


पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यले उद्घाटन गर्नुभएको उक्त विद्यालय यो वर्ष स्वर्ण महोत्सव मनाइरहेको छ । उक्त विद्यालयबाट विसं २०३२ मा एसएलसी परीक्षा दिने विद्यार्थी समूहले पूर्वप्रधानाध्यापकको अभिनन्दनका अतिरिक्त त्यस बेलाको शिक्षाको अवस्था, शिक्षकप्रतिको सम्मान र नागरिक समाजका जनहितकारी कार्यको इतिवृत्त समेटेर स्मारिक प्रकाशन गर्न लागेको पूर्वविद्यार्थी एवं साहित्यकार दिनेश अधिकारीले जानकारी दिए । उक्त विद्यालयबाट उत्पादित जनशक्ति अहिले मुलुकका विभिन्न विधामा ख्याति कमाएका छन् ।

रासस

Your Opnion

//