अन्नपूर्ण गाउँपालिकामा एक वर्षपछि घर निर्माणका लागि सम्झौता - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अन्नपूर्ण गाउँपालिकामा एक वर्षपछि घर निर्माणका लागि सम्झौता

काठमाण्डौ :- जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुन:स्थापना गर्न निजी आवास पुन:निर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ ।

विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि पाँच लाखका दरले अनुदान उपलब्ध गराउन आइतबार पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो । बीस लाभग्राहीसँग अनुदान सम्झौता गरी घरको नमूना, मापदण्ड, अनुदानको किस्ता भुक्तानी, प्रविधि र प्रक्रियाको विषयमा अभिमुखीकरण गरिएको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।

गत वैशाखमा पारित भएको कार्यविधिअनुसार कोरोना र बर्खाका कारण तत्कालै घर निर्माण गर्ने सम्भावना नदेखिएपछि ढिलाइ भएको उनले बताए । अनुदानमध्ये गाउँपालिकाले पहिलो किस्ताबापतको दश प्रतिशत ५० हजारका दरले पीडितको खातामा पठाउनेछ । दोस्रो किस्ता दुई लाख पचास हजार र तेस्रो किस्ता घर निर्माण सकिएपछि दुई लाख उपलब्ध गराउने व्यवस्था छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले यस वर्षको बर्खामा पनि घरबास गुमाएकाको पहिचान गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको र स्वीकृत भएपछि अनुदान सम्झौता र पुन:निर्माण प्रक्रिया अघि बढाइने जानकारीदिए ।

यसैगरी हालै बाहिरिएको यस वर्षका मनसुनका समयमा भएको विपद्जन्य घटनाबाट जिल्लाको रघुगङ्गा गाउँपालिकामा २५ घर भत्किएका छन् । पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकालाई तत्काल चार लाख ७० हजार राहत नगद वितरण गरेको गाउँपालिकाले उनीहरुको निजी आवास पुन:निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गर्ने जनाएकोछ ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले मनसुनजन्य विपद्बाट क्षति भएका निजी घरको लगत सङ्कलन गरेर पुन:निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको जानकारी दिए ।

“सबै घरको जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारि प्रशासनमा सिफारिस गरेका छौँ”, उनले भने , “पालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पहिरोपीडितको निजी आवास पुन:निर्माण प्रक्रिया अघि बढाएका छौँ ।”

वडा नम्बर १ बेगमा तीन, वडा नम्बर २ भगवतीमा छ, वडा नम्बर ३ पिप्लेमा नौ, वडा नम्बर ४ दग्नाममा पाँच, वडा नं ५ झिँ र ८ नम्बर वडा कुइनेमङ्गलेमा एक/एक वटा घरमा क्षति पुगेको छ । पूर्ण क्षति भएका १० वटा घरलाई २५ हजार, आंशिक क्षति भएका १४ घरलाई १५ हजार र सामान्य क्षति भएका एक घरलाई दश हजारका दरले चार लाख सत्तरी हजार राहत वितरण गरेको छ ।

गत २०७७ को बर्सातमा क्षति पुगेका रघुगङ्गाका १७ वटामध्ये चार वटा म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले पुन:निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । बाँकी १३ वटा घरलाई पाँच लाखका दरले अनुदान उपलब्ध गराउने सम्झौता गरी पुन:निर्माण सुरु गरेका छन् । गाउँपालिकाले उपलब्ध गराउने दश प्रतिशतले हुन आउने ५० हजारका दरले सबै पीडितको खातामा पठाइसकेको छ ।

रासस

Your Opnion

//