पेशागत हकहितका लागि ईन्जिनियरहरु आन्दोलित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पेशागत हकहितका लागि ईन्जिनियरहरु आन्दोलित

  • एस. के. थापाOctober 22, 2021

काठमाडौं-  आज २०७८ कार्तिक ०५ गते दिनको ३ बजे माइतिघर मण्डलामा नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश तथा निजामति कर्मचारीहरुको आधिकारिक द्रेड यूनियनले संयुक्तरुपमा हातमा कालो पट्टी सहितको विरोध कार्यक्रमको आयोजना गरेको छ ।

संघिय खानेपानी तथा ढल व्यस्थापन आयोजना जनकपुरमा कार्यरत डिभिजनल इन्जिनियर राजेश्वर कुशवाहलाई आफ्नो कार्य क्षेत्रमा कार्यरत रहेको अवस्थामा केहि अराजक समूहले मिति २०७८/०७/०४ गते गरेको दुर्व्यवहारपूर्ण बर्बर घटनाको, मानवीय र निष्पक्ष छानबीन तथा दोषी उपर कानून बमोजिम हदैसम्मको कारबाही तथा अब उपरान्त यस्ता घटना दोहरीन नदिन र सुनिश्चितताका लागि माग राख्दै सरोकार वाला सबै पक्षले आफ्नो पेशाागत हकहितको संरक्षणका लागि सर्वत्र विरोधको कार्यक्रम गरेका छन् ।

त्यसैगरी नेपाल ईन्जिनियर्स एशोसिएसनले सो घटनाको विरोध गर्दै आफ्नो विज्ञप्ति जारी गरेको छ ।

साथै अन्य ईन्जिनियरिङ समूहहरु- लोकतान्त्रिक ईन्जिनियर समूह नेपाल, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल, प्रोग्रेसिप ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल, नेपाल ईन्जिनियरिङ्ग समाज, नेपाल राष्द्रिय ईन्जिनियर संगठन, मधेशी डेमोक्रेटिक ईन्जिनियर्स सोसाईटी, नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल तथा निजामति कर्मचारीहरुको आधिकारिक द्रेड युनियन जिल्ला कार्यसमिति धनुषाले पनि सो घटनाको विरोधमा आफ्नो विज्ञप्ति मार्फत विरोध जनाएका छन् ।

यस घटनाको विरोधका कार्यक्रमहरु आज काठमाडौं लगायत जनकपुर तथा देशका धेरै ठाउँमा भएका छन् ।

Your Opnion

//