विज्ञ तथा अनुभवी ईन्जिनियरको कमिले गर्दा कम्पनी आफैले तालिम दिदैं - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

विज्ञ तथा अनुभवी ईन्जिनियरको कमिले गर्दा कम्पनी आफैले तालिम दिदैं

  • एस. के. थापाOctober 21, 2021

काठमाडौं-   नौबिसे– नागढुंगा सुरुङमार्गको शिलन्यास भएको पनि दुई वर्ष पुरा हुनथालिसकेको छ। उक्त आयोजनाको शिलन्यास ४ कात्तिक २०७६ मा तत्कालिन प्रधानमन्त्री के पी ओलीले गरेका थिए ।

 

नौबिसे– नागढुंगा सुरुङमार्ग बनिसकेपछि उक्त सुरुङमार्ग नेपालकै पहिलो सुरुङमार्गको रुपमा परिचित हुनेछ । सो आयोजनाको सम्झौतापत्रमा नेपालका तर्फबाट विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन जंग थापा तथा जापानी कम्पनिका तर्फबाट हाज्मा-आन्दोका प्रबन्धकले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । सो सम्झौता पत्रानुसार सुरुङमार्ग निर्माण सुरु भएका मितिले ४२ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने निर्णय भएको थियो ।

नौबिसे– नागढुंगा सुरुङमार्ग संचालनमा आइसकेपछि नौबिसे– नागढुंगा सडक खण्डको ट्राफिक जामको पनि अन्त्य हुने जनविश्वास छ । सो सुरुङमार्गको लम्बाई आयोजना प्रतिवेदन (डीपीआर) अनुसार चन्द्रागिरी नगरपालिकाको टुटिपाखादेखि धादिङको सिस्नेखोला सम्म हुनेछ ।

अहिले नेपालमा नेइकाका अनुसार ईन्जिनियरहरु :-  सिभिल, आर्किटेक्ट, मेकानिकल, इन्फरमेशन टेक्नोलोजी, ईलेक्ट्रिकल, इन्भाइरमेन्ट, एरोन्युटिकल, बायोमेडिकल, इन्डष्ट्रियल, जियोमेटिक्स, एग्रीकल्चर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स आदि ईत्यादि रहेता पनि सुरुङमार्ग सम्बन्धि एउटा पनि विज्ञ ईन्जिनियर नभएकाले सुरुङमार्गमा काम गर्न कठिनाइ भएको हो । काम गर्ने विज्ञ तथा अनुभवी ईन्जिनियरको कमिले गर्दा कम्पनी आफैले तालिम दिएर विज्ञ ईन्जिनियर तयार पार्नुपरेको अवस्था भएकाले काममा अलिक कठिनाइ भएको बताउँछन् ।

सुरुङमार्ग विज्ञ ईन्जिनियरको अभावका कारण सबै कार्यरत ईन्जिनियरहरुलाई अब कम्पनि आफैंले तालिम दिएर तयार पार्नका लागि सुरुङमार्ग सम्बन्धि कामका साथ-साथै तालिम पनि दिने निर्णय गरिसकेको छ । सो तालिम उनीहरुलाइ तिहार लगत्तै निर्माण कम्पनी र आयोजनाको विकास सहायता कार्यान्वयनको संयुक्त लगानीमा गराइने बताइएको छ ।

Your Opnion

//