फेसबुकले नयाँ पहिचान बनाउदै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

फेसबुकले नयाँ पहिचान बनाउदै

  • एलिजा बेथ लामा October 21, 2021

 काठमाडौँ – सबैभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकको कम्पनीले अब नाम परिवर्तन गर्दै छ। फेसबुकले आफुलाई रि ब्रान्ड गर्ने भएको छ।

फेसबुकले नाम परिवर्तन गर्ने तयारी गरेको छ । मेटाभर्स परियोजनालाई दर्शाउने गरी कम्पनीले आउँदो साता फेसबुककाे नाम परिवर्तन गर्ने भएको हो ।कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा कम्पनीको नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएका छन् ।

यस कामका लागि फेसबुकले युरोपमा १०,००० नयाँ कर्मचारी थप्ने भएको छ। नाम परिवर्तनको विषय उक्त कार्यक्रम अघि नै घोषणा गर्ने तयारी भइरहेको छ ।

जसरी सन् २०१५ मा गुगलले आफ्नो मुख्यको कम्पनीको नाम अल्फाबेट बनाएको थियो । फेसबुकले पनि सोहीअनुसार फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका अन्य कम्पनीलाई समेट्ने गरी मुख्य कम्पनी खडा गर्नसक्ने आँकलन गरिएको छ ।हालसम्म यी सबै कम्पनी फेसबुक ईंकअन्तर्गत सञ्चालित छन् ।

Your Opnion

//