सेतो चम्किलो वाईपंखि घोडामा सवार एउटा रथ अनि त्यसपछि निम्तिएको  बाढी-पहिरोको वितण्डा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सेतो चम्किलो वाईपंखि घोडामा सवार एउटा रथ अनि त्यसपछि निम्तिएको  बाढी-पहिरोको वितण्डा

  • एस. के. थापाOctober 20, 2021
तस्विर : प्रेम बहादुर थापा

काठमाडौं- कोभिड-१९ ले त धेरै धनजनको क्षति भइनै रहेको थियो मानिसहरु यतिबेला के खाने कसो गर्ने ? भन्ने त्रास मै थिए ठीब त्यहि समयमा आएको बाढी-पहिरोले मुलुक र जनतालाई आक्रान्त बनाएकोछ। थुप्रै जनधनको क्षति भएको अवस्था छ ।

अहिले पनि सुदुर तथा मध्यपश्चिमका धेरै जिल्लाहरु भीषण बाढीको चपेटामा परेका छन्। त्यहाँ पनि ठूलो मात्रामा जनधनको क्षति भइरहेको अवस्था छ । हजारौं विस्थापित भएकाछन् भने लगातारको बर्षाका कारणले उद्धार कार्यमा पनि कठिनाइ भएको छ।

देशका सबैजसो पहडी जिल्लामा पनि पहिरोबाट नोक्सान भएका छन्। राज्यको सीमित क्षमताले एकैपटक आइलागेका यी घटनालाई सम्बोधन गर्न कठिन भएको छ। आवश्यक मात्रामा उद्धार हुनसकेको छैन भने राहत पुर्‍याउने काम पनि भनेजति हुनसकेको छैन। विस्थापितहरूको बिचल्ली छ। बाढी-पहिरोका यी घटनाबाट के-कति नोक्सान भयो भन्ने मोटामोटी अनुमानमात्र गर्न सकिन्छ, यकिन गर्न धेरै समय लाग्नेछ।

केहि वर्ष पहिलेको कुरा हो, यो बर्दिया जिल्लामा बाढी पस्नु भन्दा केहि दिनपहिले एउटा यस्तो चमत्कार भएको समाचार आएको थियो । त्यो कुरा आम मानिसलाई पत्याउनै गार्हो कुरा थियो तर त्यो यथार्थ र प्रमाण सहितको कुरा पनि थियो ।

बर्दिया जिल्लाका एक किसान परिवारका सदस्य एकाविहानै आफ्नो धानवाली भएको खेतमा धान हेर्न जाँदा आकाश बाट सेतो चम्किलो वाईपंखि घोडामा सवार एउटा रथ त्यहि किसानको धानखेतमा अवतरण भएको रहेछ त्यो चमत्कार देखेर ति किसान त्यहिँ बेहोस भएर ढलेछन् , जब उनी होसमा आए तब त त्यहाँ त्यो रथ हिडेको डोव मात्र बाँकि रहेको रहेछ । हामी फोटोमा पनि त्यो सेतो चम्किलो वाईपंखि घोडामा सवार  रथ देख्ने व्यक्तिलाई देख्नसक्नेछौं ।

उनले त्यो कुरा आफ्नो घर तथा छरछिमेकमा सुनाए त्यो कुरा एकपछि अर्को गर्दै यति धेरै भाईरल भयो कि, टाढा -टाढा , टाढा -टाढाका मानिसहरु त्यो दृष्य अवलोकन गर्न त्यहाँ पुग्नथाले केहिले त्यो दृष्य आफ्नो क्यामरामा पनि कैद गर्न थाले ।त्यस घटना लगत्तै त्यहाँ ठूलो वाढी पनि गएको थियो । कतिले त त्यस घटनालाई बाढी आउने पूर्वसंकेतको रुपमा पनि लिएको पाइएको थियो ।

बाढी-पहिरो विकास निर्माणभन्दा अलग विषय होइन। विकास निर्माणका कार्य जति जनजीविकासँग जोडिएको छ, बाढी-पहिरो पनि त्यति नै जोडिएको छ। परिवारको जीविकोपार्जनदेखि पूर्वाधारको दिगोपना र आखिरमा मुलुकको अर्थतन्त्रसँग जोडिने बाढी-पहिरोको यति महत्त्वपूर्ण विषय विकास निर्माणको प्राथमिकतामा भने पुछारमा पर्दै आएको छ।

बुझ्नुपर्ने के हो भने हाम्रो धरातलीय अवस्था जटिल छ। डाँडापाखामा पहिरो आउँछ, अलि फेदीमा खहरे बौलाउँछ, मैदानमा डुबानले पिरोल्छ। यी तीनै अवस्थालाई सम्बोधन गर्ने रणनीति फरक हुनु जरुरी छ। तटबन्ध जस्ता संरचना बनेपछि डुबान नहुने ठानी बस्तीहरू अव्यवस्थित ढंगले बाक्लिँदै गएको अवस्थामा सडक, सिँचाइजस्ता पूर्वाधार निर्माण वा बस्ती विकासले बाढीको प्राकृतिक मार्ग अवरुद्ध हुनगएका कारणले डुबान क्षेत्र बढ्नेमात्र होइन, बाढीको पानी धेरै दिनसम्म जमेर बस्ने र थप नोक्सान गर्ने गरेको देखिन्छ।

बर्सेनी बाढी-पहिरोको कारणले व्यहोर्न परेको धनजनको क्षतिलाई न्यूनिकरण गर्नका लागि सरकारले सहि कदम चाल्न अति जरुरी देखिन्छ ।

Your Opnion

//