राष्ट्रपतिको आगमनमा सडक सरसफाइ कार्यक्रम - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

राष्ट्रपतिको आगमनमा सडक सरसफाइ कार्यक्रम

  • एलिजा बेथ लामा October 19, 2021

काठमाडौँ –  विजय दशमी को अन्तिम दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिन सम्पन्नाताका देवी महलक्ष्मीको पुजा आराधना गरि रातभर जागरण बसी मनाउने चलन छन् । कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदर्गा मन्दिरमा पुजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएको छ ।  त्यसैले आज सडक सरसफाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा आज अरनिको राजमार्ग सडकखण्डअन्तर्गत तीनकुने सल्लाघारीदेखि सूर्यविनायक हुदैँ जगातीसम्मको सडक सरसफाइ गरिएको हो ।

यस सडक सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर नगरपालिका र नेप्से म्याकको सहभागितामा सफल परियो । सरसफाइमा सङ्कलन गरिएका फोहरहरु भक्तपुर नगरपालिका र नेप्से म्याकको गाडीमा राखेर लगिएको थियो ।

 

सफाइ गर्ने क्रममा सल्लाघारीको सूर्य कोल्ड स्टोरले पसल अगाडि सडकमा फालेको छ। यी फोहरहरु नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उठायो । रेडक्रस सोसाइटी भक्तपुरका संयोजक कृष्णगोपाल लागेजूले फोहर उठाउने क्रममा सर्वसाधारणलाई सडकमा फोहर नफाल्न आग्रह गरेका छन् ।

रेडक्रस जिल्ला सदस्य रामेश्वर थापाले व्यवसाय गर्ने, अनि फोहर सडकमा फाल्ने र सफाइ गर्न आउने अभियन्तालाई सहयोग नगरेको र उल्टै टुलुटुलु हेर्ने प्रवृत्ति नै खराब रहेको बताए । विभिन्न व्यवसाय गर्ने व्यसवायीले नै सडकमा अधिकांश फोहर फाल्ने गरेको स्थानीयवासी बताउँछन् । यस कारणले विभिन्न प्रकारका समस्या निम्तेको र वाताकरण प्रधुशीत देखिएको गुनासो गरे।

सडकमा फोहर फाल्नु हुन्न भन्ने जानकारी हुँदाहुँदै पनि फाल्नेलाई कारबाही गर्ने नीति स्थानीय प्रशासन र सरकारले लिनुपर्ने सफाइ अभियन्ता बताउँछन्। यस प्रकारका कार्यक्रम बाट जनतामा धेरै किसिमका जनचेतना पुग्छ र सरसफाईमा ध्यान आकर्षण हुन्छ।

Your Opnion

//