भौतिक पुर्वाधार मन्त्रालयमा इञ्जिनियरिङ्ग सेवा तर्फ : ई. प्रदीप साह - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भौतिक पुर्वाधार मन्त्रालयमा इञ्जिनियरिङ्ग सेवा तर्फ : ई. प्रदीप साह

  • एलिजा बेथ लामा October 18, 2021

काठमाडौँ – कालिकामाई गाउँपालिका वडा नं २ गदियानीका ई.प्रदीप साहले नेपाल सरकारको लोकसेवामा नाम निकाल्न सफल भएका छन् ।

 

उनले आफ्नै गाउँको श्री सुकई शाह माध्यमिक विद्यालय भेडिहारीमा पठनपाठन सुरु गरि सोहि स्कुल बाट एसएलसी पास गरेपछि काठमाडौँ ईन्स्टिच्युट अफ टेक्नोलोजीमा डिपलोमा तहको ईन्जिनियरिङ पढ्न काठमाडौँ आएका थिए। ई. साहले बागमती प्रदेशबाट लोकसेवामा नाम निकाली नियुक्ति लिएर भौतिक पूर्वाधार बिकास मंत्रालयमा कार्यआरम्भ गरेका छन्।

 

उनले लोक सेवा आयोग बागमती प्रदेशबाट सहायक स्तर पाँचौ तह (प्राबिधिक) ईन्जिनियरिङ सेवा, सिभिल समूहतर्फ अन्तिम परीक्षा अन्तरबार्ता पास भई योगता क्रममा एक नम्बर मै भौतिक पुर्वाधार मन्त्रालयमा न्युक्तिको लागि सिफारिस भएका छन्।

वि.नं. ७५३-७५७/०७७-७८ (खुला तथा समावेशी) इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, सब इञ्जिनियर/वरिष्ठ खा.पा.स.टे. पद, पाँचौँ तहको लिखित परीक्षाको नतिजामा ई. साहले खुला र मदेशी कोटामा नाम निकाल्न सफल हुनु भएको हो।

Your Opnion

//