म्याग्दी रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन  निर्माण भयो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

  म्याग्दी रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन  निर्माण भयो

सांकेतिक
काठमाडौँ  : म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो ।
एक करोड १० लाख लागत अनुमान गरिएको भबन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । चौतिस फिट चौडाइ र ४४ फिट लम्बाइ भएको तीन तले भवनको भुइँ तलामा पाँच कोठा रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए  ।
 “ठेक्कामा बचेको  २५ लाख बजेटले सभाहलको चौडाई बढाएर उपभोक्ता समिति मार्फत प्रत्येक तलामा दुई/दुई वटा कोठा थप गरिएको छ,” उन  भने  “उपभोक्ता समितिसँग भएको सम्झौता अनुसारको काम सकिएको छ । निर्माण व्यवसायीले रंगरोगन, झ्यालमा  सिसा  राख्ने  र बिद्युत जडान बाहेकका काम सकेका छन् ।”
 सभाहल रहेको पहिलो तलामा कोठा बिभाजन गरेर अगामी तिहार लगत्तै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए  । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक र लेखा शाखालाई नयाँ भवनमा सार्ने योजना छ । गत असार महिनाभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोनाको जोखिम र निषेधाज्ञाका कारण थपिएको समय भित्रै भवन निर्माण सकिन लागेको हो ।
 भवनको माथिल्लो तलामा सभाहल बनाउन यस बर्ष बिनियोजन भएको बजेटबाट ठेक्का आव्हान गर्ने तयारी भएको छ । हाल गाउँपालिकाको कार्यालय मासिक  एक लाख भाडा तिरेर मौवाफाँट स्थित चार निजी घरबाट सञ्चालन गरिएको छ ।
 मौवाफाँटमा समुदायबाट प्राप्त भएको जग्गा ब्यवस्थापन गरेर पहिलो पटक गाउँपालिकाको पूर्बाधार निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले २५ रोपनी जग्गा ब्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाड गरिएको बताए  । “आठ रोपनी जग्गा गाउँपालिकालाई निशूल्क दिइएकोहो ,” उनले भने  “३२ जग्गाधनीको सहमति लिएर चार वर्षदेखि जग्गा ब्यवस्थापनको काम सुरु गरेका थियौ ।” जग्गा ब्यवस्थापन र बिकास गर्न दुई करोड ५० लाख भन्दा बढी खर्च भएको छ ।
 धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर आठ मिटर फराकिलो सडक बनाइएको छ । माथिल्लो र तल्लो भागको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । बीचको जग्गा गाउँपालिकालाई उपलब्ध गराइएको छ ।
रासस

Your Opnion

//