सिरहाको महिलाहरु उद्योग व्यवसायीमा बढ्दो सहभागिता - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

सिरहाको महिलाहरु उद्योग व्यवसायीमा बढ्दो सहभागिता

काठमाडौँ – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिरहेको छ ।गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराएको उनले यतिबेला असल गृहणीसँगै सफल व्यवसायी पनि बन्ने अभियानमा जुटेको छ ।

उनले भने “सुरुमा श्रीमान्लाई सञ्चालक बनाएर जेनरल स्टोर्स दर्ता गराउने सोचमा थिएँ । सरकारले छुट दिने जनाएपछि आफ्नै नाममा दर्ता गराएँ ।” सीप नभएपछि घरकै काममा मात्र सीमित रहँदै आएकी सिरहाको नवराजपुर गाउँपालिका– ५ की पिङ्कीकुमारी यादव पनि यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर नजिकैको बजारमा व्यवसायी गर्दै आएका थिए ।

सुनिता र पिङ्की मात्रै होइन्, सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको जिल्लामा विगत केही महिनायता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको रु एक करोडसम्मको कारोबारको उद्योग व्यवसायीको दर्तामा रु २०० मात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि जिल्लामा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दत्र्ता गराउने क्रम बढेको तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्र यादवले जानकारी दिए ।

अहिले दैनिक १५ देखि २० सम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ९० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको उनले बताए । पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढेको छ ।

त्यही व्यापार पुरुषको नाममा दर्ता भए कारोबारको हिसाबले रु २५ हजारसम्म दर्ताबापत दस्तुर लाग्ने तर महिलालाई रु २०० सम्म मात्र दस्तुर लाग्ने गरेकोले महिलाको नाममा उद्योग व्यापार दर्ता गराउने गरेको प्रमुख यादवको भनाइ छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८ – ७९ को दुई महिनाका अवधिमा जिल्लामा ३३६ नयाँ व्यावसायिक फर्म दर्ता भएको छ । तीमध्ये २६५ व्यवसायको मालिक महिला नै छन् ।

यस्तै सो अवधिमा जिल्लामा दर्ता भएको १५६ उद्योगमध्ये १०८ को मालिक अर्थात सञ्चालक महिला छन् भने बाँकीको मात्र पुरुष रहेको जनाए। नयाँ दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स छन् भने वाणिज्य अर्थात उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन बढेको छ ।

यसले पनि पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउने क्रम बढेको पुष्टि गरेको छ ।सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाले उद्योग व्यवसायमा ऋण लगानी सहज बनाएका कारण पनि यस्ता घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको जनाए ।

घरकै काममा मात्र सीमित रहँदै आएकी महिलालाई विस्तारै उद्योग पहिला पहिला महिलालाई उद्योग व्यापारको मालिक बनाउनुहुँदैन भन्ने समाजमा मानसिकता थियो । अहिले त्यो मानसिकता हट्दै गएकोले महिलालाई उद्योग व्यापारको मालिका बनाउन थालिएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

लहान उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक अमात्यले भने ,“ पुरुष प्रधान समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिए । अहिले महिलालाई सुविधा दिन थालेपछि समाजमा रुपान्तरण हुन थालेको छ, यसैको परिणामस्वरुप महिलालाई मालिक बनाउन लागिएको हो ।” सुरुमा उद्योग व्यापारको मालिक केबल पुरुष मात्रै अधिकांश हुँदा सङ्घमा महिलाको सङ्ख्या एकदमै न्यून थियो, अब विस्तारै बढ्न थालेको उनले भने।

रासस

Your Opnion

//