नवौं विज्ञान दिवस : विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नवौं विज्ञान दिवस : विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड

काठमाडौँ-  मुख्यसचिव शङ्करदास वैरागीले विद्यालय तहदेखि नै विज्ञान शिक्षालाई महत्व दिइने बताए ।

नवौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मुख्यसचिव वैरागीले हरेक तहले विज्ञान शिक्षाका लागि प्राथमिकता दिनसकेमा विज्ञानमार्फत समृद्धि हासिल हुने बताए ।

मन्त्रालयका शिक्षा हेर्ने सचिव रामप्रसाद थपलियाले विज्ञानको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए । विज्ञान हेर्ने सचिव सुरेश आचार्यले विज्ञान कूटनीतिको प्रवद्र्धन गर्दै यस क्षेत्रमा वैदेशिक लगानी र ज्ञान ल्याउन पहल गर्नुपर्ने आवश्यकता औल्याए । पूर्वविज्ञानमन्त्री गणेश साहले विज्ञान र हरेक क्षेत्रको अन्तरसम्बन्ध विस्तार गर्नुपर्ने बताए ।

‘विज्ञान तथा प्रविधिको उन्नत विकास: प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) सहित आज यो दिवस मनाइएको हो । दिवसको मूल समारोह समितिले दिवसका अवसरमा रु २५ हजार राशिको विज्ञान पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मणि दाहाललाई दिने घोषणा गरियो । यस्तै एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदियमान प्रविधि, विपद् न्यूनीकरण सम्बन्धी प्रविधि, जैविक प्रविधिका विधामा पुरस्कार घोषणा गरिएको छ ।

दिवसका अवसरमा शिक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

नेपालमा अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई नेपाल सरकारको २०६९ मङ्सिर ८ गतेको निर्णयानुसार यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा साताव्यापी कार्यक्रम मनाइँदैछ ।

रासस

Your Opnion

//