मुनि बहादुर साक्य नेपालको पहिलो इन्जिनियर तथा प्रख्यात वैज्ञानिक हुन ।उहाँको जन्म १९४२ मा काठमाण्डौको पाटनमा भएको हो ( हुने विरुवाको चिल्लो पात भने झै सानै) उमेरदेखि बढि क्रियटिभ दिमागका साथै जिज्ञासु भएको हुनाले उनको चासो बढि अध्यनको क्षेत्र तिर नै अगाडि बढ्दै गएका कारण अहिले सफलताको शिखरमा पुगेर विज्ञान तथा प्रविधि को क्षेत्रमा ठुलो योगदान पुर्ण काम गरेर प्रमाणित हुनुभएको हो ।
सन् १९४२ मा जन्मिएका शाक्य सानैदेखि विज्ञानमा औधि रुचि राख्ने गर्दथे। कक्षामा सधैं प्रथम नै हुन्थे । आफूले विज्ञान विषयमा पढेका कुराहरु परीक्षण गरिहाल्नुपर्ने उनको स्वभाव थियो । जतिसुकै समय किन नहोस । विशेषगरी इलेक्ट्रिोनिक्समा उनको ठुलो रुचि थियो । विभिन्न परीक्षण गरेर सफलता मिल्दै गएपछि उनले इलेक्ट्रिकल इन्जिनियर बन्ने सपना देख्न थालेका हुन। १४ वर्षकै उमेरमा एसएलसी पास गरेका उनले आईएस्सी त्रि-चन्द्र कलेजबाट पूरा गरे का हुन।
नेपालमा त्यस बेला इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ हुँदैन थियो । तर विज्ञान क्षेत्रको त्यो रुचिले उनलाई छोड्दै छोडेन । उनले जसरी पनि यो विषय पढ्छु भन्ने नै सोचे र उनी भारत गए । ‘त्यतिबेला अहिले जस्तो इन्टरनेट कहाँ थियो र अहिलेका विद्यार्थी कति भाग्यमानी । के विषय कहाँ पढ्ने इन्टरनटमै भेटाइहाल्छ तरिका सजिलो छ।’
उनी सन् १९६० तिर भारत गएका थिए । त्यहाँ उनको केहि समय काम खोज्दै वित्यो । उनी सोच्थे सानो काम पाए त पढाइ अनि बस्नको लागि खर्च पुग्ने हो । उनको परिवारको आर्थिक अवस्था राम्रै थियो । तर, उनले परिवारलाई बोझ बोकाउन चाहदैँन थिए । ‘म त आफूलाई स्वावलम्बी भन्न रुचाउँछु । आफैं केही गरेर, केही बनेर देखाउँछु भन्ने चाहना थियो,’ उनले भने ।
काम खोज्दै जाँदा कलकत्तामा रेडियो इलेक्ट्रिोनिक्स इन्जिनियिरङ विषय भेटाए । कोर्स ५ वर्षको थियो । फी जम्मा २५ रुपैयाँ तर उनीसँग पढाइ खर्चका लागि पैसा थिएन । भाग्यवश उनले एक केबुल कम्पनीमा सुपर भाइजरको रुपपमा काम गरे ।
‘त्यतिबेला समयको महत्व मैले राम्ररी बुझिसकेको थिए। त्यसैले आफ्नो समय खेर फ्याकिन र पढाइ पूरा गरेर १९६७ तिर नेपाल फर्के ।’
नेपाल फर्केलगत्तै उनले रेडियो नेपालमा असिस्टेन्ट इन्जिनियरको रुपमा जागिर गरे । विभिन्न अन्तर्राष्ट्रिय वैज्ञानिकहरुसँग धेरै सिक्ने मौका पाए । रेडियो नेपालको हाइपावर ट्रान्समिटरहरु जडान गर्ने काममा उनको योगदान रहेको छ । सिंहदरबारभित्रको स्टुडियो, खुमलटारमा रहेको हाइपावर एन्टेनासहितको उपकारण जडानमा पनि उत्तिकै सक्रियताका साथ उनले काम गरे।
‘खुमलटारमा स्थित रहेको रेडियोको तारहरु का बारेमा उनिसंग भएको अथाह अनुभव भन्ने कुरा दृढ विश्वारका साथ उनले बताए ।’
उनको कामप्रतिको लगनशीलता देखेर बेलायती सरकारले उनलाई छात्रवृत्ति मिलाइदिने ब्यावस्था गर्यो । उनले बेलायतमा चार्टर्ड इन्जिनियिरिङ पढ्ने मौका पनि पाए । त्यस पछि १९७०मा उनी अध्ययनका लागि बेलायत गएका हुन ।
आफ्नो जन्मदिनको दिन उनी बेलायत पुगीसकेका थिए । उनले त्यहाँ पनि आफ्नो उदेश्य प्रति गम्भिर भएर नै अध्ययन गरे ।
‘छात्रवृत्तिमा पढ्न गएकाले होला मलाई जहिल्यै पनि आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ उनले बताए, ‘त्यहाँ धेरै अवसर हुँदाहुँदै पनि ३ वर्ष पछि म नेपाल नै फर्किएँ ।’
रेडियो नेपालबाट काम थालेका उनले राससमा पनि काम गर्ने मौका पाए । उनको निरन्तरको प्यासले गर्दा भाग्यले सधैँ साथ दिँदै लगिरहयो । उनले विभिन्न अवसर प्राप्त गर्दै गए साथै सफलता पनि मिल्दै नै गयो ।
सन् १९७८मा उनले फ्रेन्च सरकारबाट छात्रवृत्ति पाउन सफल भए । उनले डिजिटल इलेक्ट्रोनिक एन्ड माइक्रो कम्प्यूटरको स्पेशल कोर्स समेत पढ्न पाउने भए । त्यहाँ पढेपछि उनले कम्प्यूटरबारे धेरै अदभुत ज्ञानमा विज्ञता हासिल गरिसकेका थिए ।
त्यसपछि उनी अमेरिकामा सन् १९८० मा रिसर्च एन्ड डेभलपमेन्ट पढ्नका लागि गए । यो भ्रमण भने उनको आफ्नै खर्चमा अगाडि बढेको थियो । त्यहाँ उनले सिलिकन भ्यालीमा काम गर्ने अवसर पाए । त्यहाँ पनि उनका लागि अवसरका ढोकाहरु निकै भएपनि आफ्नै देशको मायाले उनलाई बारम्बार डोर्याइरह्यो । त्यस पछि पुन: नेपाल नै फर्किए ।
आविष्कारका पाइलाहरुमा उनकै शब्द सापटी लिएर भन्नु पर्दा, ‘ उनी यहाँसम्म हिँडेर होइन दौडिएर पुग्न सफल भए ।’
मुनी भन्छन् , ‘आफैं मिहिनेत गर्नुपर्छ । सफल हुनका लागि परिश्रम गर्न कहिल्यै छोड्न हुन्न यो नै सबैका लागि सफलताको ।’
फ्रान्सबाट कम्प्यूटरसम्बन्धी ज्ञान लिएर आएपछि उनले सन् १९७९ मा नेपालकै पहिलो माइक्रो कम्प्यूटर बनाउन सफल भएका हुन । उनका अनुसार, त्यतिबेलासम्म साउथ एसियाको कुनै पनि राष्ट्रले कम्प्यूटरको क्षेत्रमा त्यति फड्को मारिसकेको थिएनन् ।
त्यो आविष्कारपछि उनको चर्चा अझ बढि चुलिन थाल्यो । अन्तर्राष्ट्रिय मिडियामा पनि उनको चर्चा हुन थाल्यो । मुनी आफूले बनाएको कम्प्यूटरका बारेमा त्यतिबेलाका तत्कालीन योजना आयोगका प्रमुख रत्नशमशेरले प्रशंसा गरेको सम्झन्छन् ।
त्यसपछि उनले निरन्तर विभिन्न किसिमका कम्प्यूटर आविष्कार गर्दै गए । सन् १९७९ मा माइक्रो कम्प्यूटर बनाएका उनले सन् १९८३ मा देवनागरी कम्यूटर, सन् २००६ मा सुपर कम्प्यूटर र २००९ मा ग्रीन कम्प्यूटर बनाएका हुन ।
उनलाई सबैभन्दा खुसी दिने आविष्कार कुन हो त भन्ने प्रश्नमा सन्तुष्टिको भावमा मुनीले भनेका छन कि,“ ‘पक्कै पनि मान्छे बचाउने ग्रीन कम्प्यूटर नै हो ।”
नेपालमा टेलि मेडिसिनको सुरुवात गरेका मुनीले कर्णाली क्षेत्रमा सामान्य झाडापखालाले पनि मान्छेहरुको मृत्यु भईरहेको खबर सुनेपछि उनले त्यहाँका मानिसलाई सहयोग पुग्ने गरी केही आविष्कार गर्ने सोच बनाए । त्यसपछि उनलाई ग्रीन कम्प्यूटर बनाउने आइडिया उनको दिमाखमा फुरेको थियो ।
त्यतिबेला सम्पुर्ण जन्ताहरु लोडसेडिङको मार खेपिरहेका थिए । उनले कम वाटमा चल्ने कम्प्यूटर बनाउने सोचे र निरन्तरको प्रयासपछि यो कम्प्यूटर ३५ वाटबाट मात्र चल्ने गरेको उनले जानकारी दिएका थिए । उनले कालिकोटमा पहिलो कम्प्यूटर पठाएका हुन ।
त्यो सँगै ४ बाकस औषधि पनि पठाए। हप्ताको एकपटक मानिसहरु स्वास्थ्यचौकीमा आइपुग्ने गर्दथे । त्यहाँ कम्प्यूटरमा हेरेर काठमाडौँमा रहेका चिकित्सकहरुले बिरामी जाँच्ने र त्यसैअनुसार औषधि दिइने काम गरे । यसले त्यहाँको बासिन्दालाई निकै फाइदा पुगेको हो ।
मुनी शाक्य लाई अहिले पनि त्यहाँका बासिन्दाहरुले सम्झिन्छन् वास्तवमा
राम्रो काम सबैका लागि अविश्मरणीय बन्छ।
नेपालका पहिलो कम्प्यूटर वैज्ञानिक भनेर नाम कमाएका मुनीका आविष्कारहरु आज एउटा कोठामा थन्किएर बसेका छन् । आफूले आविष्कार गरेका उपकरण र सीप सरकारले उपयोग गर्न नसकेकोमा दु:खेसो पोख्छन् उनी ।
यस विषयमा सरकारले पनि ध्यान दिनुपर्छ । बाहिरबाट ल्याउनु भन्दा उनले आविस्कार गरेका सम्पुर्ण सामानहरु आवश्यकता अनुसार नेपालमा नै प्रयोग गर्नमा अनुमति दिनुपर्ने चासोको विषय हो ।
नकरात्मक प्रभाव: यस्तो विषयले गर्दा नेपालमा अध्ययन गर्दै आएका इन्जिनियर तथा वैज्ञानिकहरमा अलि उत्प्रेरणा नबढेको जस्तो देखिन्छ । लाखौं तथा करडौ लगानि लगाएर उक्त तहको अध्ययन पुरा गरेका हुन्छन ।उक्त लगानि अनुसारको नेपालमा जागिर नपाउने र आँफुले हासिल गरेको योग्यता र अनुभव को नेपालमा उचित मुल्याङकण हुन नसक्दा यो क्षेत्र अलि ओझलमा परेको छ ।
त्यसको कारण अहिले यस्तो दक्षता र अनुभव भएका शिक्षित युवाहरु उचित किसिमको स्यालरी नभएको भन्दै वैदेशिक रोजगारमा जान बाध्य भएका छन ।
उनलाई आफ्नो ज्ञान नयाँ पुस्तालाई बाँड्न मन छ । तर, यसमा सरकारले कुनै चासो र सहयोग छैन । उनको ज्ञान, सीप र आविष्कार उनको एउटा कोठाको संग्रहालय र उनको मस्तिष्क मात्र स्टोर भएका छन् ।
उनले आफूले खोलेको विज्ञान तथा प्रविधि संग्रहालयलाई सरकारले पनि सहयोग गरिदिओस् भन्ने इच्छा जाहेर गरेका छन । यसो हुदाँ नेपाल इन्जिनियर संघले पनि विश्वमाझमा वैज्ञानिक तथा इन्जिनियर फाँट को कला र क्षमता चिनारी हुन्थ्यो ।
मुनी प्रश्न छ कि, ‘मैले नेपालको विश्वमा यति नाम राखें, आविष्कार गरेको छु । तर, मुल्याङकण हुन सकेको छैन ।उनले करिब ३४ वर्षअघि हाइटेक पायोनिर नामको पहिलो कम्प्यूटर बनाउने कम्पनी खोलेका थिए ।
कम्प्यूटर बाहेक आवाजबाट पानी तान्ने मेसिन, नेपाली बोल्ने रोबोटलगायत दर्जनौं उपकरण आविष्कार गरेका छन् र कुनै समय उनले बनाएको कम्प्यूटर कृषि विकास बैंक ,नेपाल बैंक तथा अर्थ मन्त्रालयले समेत किनेर लगेको कुरा उल्लेख गर्छन । तर पछि कसैले पनि उत्पादनमा चासो नदिएकोमा उनि गहिरो नमिठो गुनासो ब्यक्त गर्छन ।
अबको उनको योजना भनेको आफ्नो संग्रहालयमा अवलोकनका लागि टिकटको व्यवस्था गर्ने सोच अगाडि सार्ने निर्णय गर्दैछन । उनलाई इन्जिनियरिङ पढेका युवाहरु बेरोजगार भई बसेकोमा चिन्ता ब्यक्त गर्छन ।
मुनिको भनाइ रहेको छ , ‘मेरो आविष्कारलाई सरकारले सहयोग गरेको र प्रयोगमा ल्याएको भए अहिले हजारौँ युवा तथा युवा युवतिहहरु वेरोजगार भएर नेपालमा बस्नुपर्ने स्थिति आँउदैन थियो । यस्तो अवस्थामा धेरै युवाहरु अहिले रोजगारी गरिरहेका हुने थिए ।’
२१ औँ शताब्दीको युगमा विज्ञान तथा प्रविधिले धेरै फड्को मारिसक्दा पनि नेपालमा भने विज्ञान र प्रविधिमा अझै पनि सरकारले उचित ध्यान दिन नसक्नु सम्पुर्ण नेपालहिरुका लागि दुर्भाग्य हो भन्ने उनको धारणा रहेको छ । ।
“हाम्रा सम्पुर्ण विद्यार्थीहरु पनि अब्बल नै छन् । प्रविधिमा नयाँ क्रान्ति नथपिने होइन । तर सरकारले यसको महत्व बुझेको खै,” उनले गहिरो दुखको कुरा ब्यक्त गरेका छन ।
‘कृषिप्रधान देश को संज्ञा त दिइएको छ । तर अझै पनि पुरानै किसिमले खेतीपाती गरिँदै आइरहेका छन । युवाहरु विदेशिएका छन् । खेत बाँझै छ । हामीले आफ्नै देशमा खेतीपातीका लागि उपकरण उत्पादन गर्न सक्छौं । तर यस विषयको जिम्मा सरकारले नलिएपछि कस्ले यस्को ठेक्का लिन्छ ?यो मुनि शाक्यको प्रश्न र गुनासो रहेको छ ।’
Your Opnion