इन्जिनियरद्वय पुर्वाञ्चल बिश्वबिद्यालयको डाइरेक्टर तथा सह- परिक्षा नियन्त्रक पदमा नियुक्त - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

इन्जिनियरद्वय पुर्वाञ्चल बिश्वबिद्यालयको डाइरेक्टर तथा सह- परिक्षा नियन्त्रक पदमा नियुक्त

काठमाडौं-   हाल मात्र ई. तेजराज गिरी पुर्वाञ्चल बिश्वबिद्यालय स्कुल अफ इन्जिनियरिङ को डाइरेक्टर पदमा ४ वर्षका लागि नियुक्त भएका छन् ।

यस अघि उनले सोही बिश्वबिद्यालयको सह- परीक्षा नियन्त्रकको रुपमा काम गरीसकेका छन् । गिरीले कलेज बाहेक खेलकुद, शिक्षा तथा सामाजिक लगायतका थुप्रै क्षेत्रमा पनि काम गर्दै आएका छन् ।

सोही अनुरुप त्रिवेणी वाचनालय विराटनगर -१ का कार्यवाहक सभापतिको कार्यभार पनि सम्हाल्दै आएका छन् । त्यस्तै गिरी पोखरीया बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समेत हुन् ।

गिरीले भने, “ आफू सह परीक्षा नियन्त्रक हुँदा पनि बिश्वबिद्यालयको इन्जिनियरिङ क्षेत्रको परीक्षा प्रणालीलाई सुधार गर्न सफल भएको र अहिले पद बहाली पश्चात इन्जिनियरिङ क्षेत्रलाई अझ बलियो र सुदृढ बनाउनको लागि काम गर्नेछु । ”

साथै पछिल्लो समयमा स्कुल अफ इन्जिनियरिङ तर्फ विद्यार्थीहरुको लगाव बढ्दै गएकोले पनि यसलाई उच्च महत्वका साथ अगाडी बढाइने बताए । यसका साथै पुर्वान्चल बिश्वबिद्धालय को सह- परिक्षा नियन्त्रक पदमा  ई.अजय कुमार साह पनि नियुक्त भएका छन् ।

Your Opnion

//