दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै चेन होटलमा लगानी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै चेन होटलमा लगानी

काठमाडौँ  : दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याएका छन् । दियालो र अनुपम फुडल्याण्डको नाममा उनको समूहको होटल बिस्तार भइरहेकोछ ।

पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उनको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ । त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौँको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौँडा र नुवाकोटमा शाखा बिस्तार गर्ने उनको तयारी छ । चापागाईले भने, “आउँदो पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छौ ।”

भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनले यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै उनी बेलायत पुगे । नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा उनको जिम्मेवारी राम्रो होटलको सेफको थियो । त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्किएर काम थालेको चापागाईले बताए । उनले भने , “मैले त्यहाँ पैसा र सीप पाएपछि स्वदेशमा नै गएर काम गर्ने रहर भयो ।”

नेपाल फर्किएसँगै काठमाडौँमा एक जना साझेदारसँग मिलेर उनले दियालो फुडल्याण्ड सुरु गरे । ती साझेदार हुनुहुन्छ माधव पाण्डे । यससँगै साझेदारको सङ्ख्या थप गरेर व्यवसाय बिस्तार हुन थाल्यो । सुरुमा दुई जनाले दुई करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा ५० करोडभन्दा माथिको भएको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ । सबैलाई जोड्दा यो सङ्ख्या पुगेको हो ।

आम्दानीको २० प्रतिशत व्यवसाय बिस्तारका लागि खर्च गरिँदै आएको उनले बताए । राजधानीमा ठूला कार्यक्रमका लागि चापागाई परिचित नाम हो । राजनीतिक दलका सभासम्मेलन गर्न पर्दा आउने नाम मध्येमा उनलाई पहिलो लहरमा लिने गरिन्छ । आफ्नो गृह जिल्ला चितवनमा उनले सबैभन्दा ठूलो सभाहल सहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ ।

उनले भने, “हाम्रो हलमा दुई हजार २०० कुर्सी अट्छ । राजधानी बाहिर यति ठूलो हल कसैको छैन ।” कला कौशलले सजिएको बेलायती शैलीको आकर्षक हलसँगै २० कोठा दियालोमा छ । उनको दाबी छ सबैको भन्दा मीठो खाना हामी खुवाउन सक्छौँ । आफैँ सेफ भएकाले उनका होटलमा परिकारमा बढी जोड दिइन्छ । दियालो समूहका अध्यक्ष चापागाई काठमाडौँका जस्ता सेफ स्थानीय स्तरमा पाउन कठिन र एकै खालका खानाका लागि राजधानीका सेफ राखेर बाहिरी शाखा सञ्चालनमा आएको बताए । चितवनमा राष्ट्रियस्तरका कार्यक्रम गर्न सहयोग पुगोस् भन्नका लागि ठूलो हलमा खर्च गरेको उनको भनाइ छ । यहाँको शाखामा मात्र १२ करोड खर्च भएको चापागाईले जानकारी दिए ।

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले विदेशको सीप उपयोग हुने गरी स्वदेशमा व्यवसाय बिस्तार गर्नु सकारात्मक भएको बताए । अहिलेको परिस्थिति सकारात्मक नभए पनि आउँदा दिनमा होटल व्यवसाय राम्रो हुने उनको भनाइ छ । चितवन देशकै केन्द्रबिन्दु भए पनि ठूला हलको अभावमा कार्यक्रम हुन नसकेको भन्दै उनले चापागाई समूहको होटल ठूला कार्यक्रमका लागि प्रभावकारी हुने छ भने ।

दियालो फुडल्याण्ड चितवनका साझेदार सनदकुमार पियाले विदेशमा आर्जन गरेको सीप यहाँ ल्याएर यसको प्रतिफल नेपालीलाई दिने उदाहरणीय काम चापागाईले गरेको बताए । नेतृत्वकर्तासँग सीप भएकाले आफूहरु लगानी गर्दा ढुक्क रहेको उनको भनाइ छ ।

रासस

Your Opnion

//