श्रम लागि विदेशबाट नेपाल आउनेमा सबैभन्दा बढी प्राविधिक - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

श्रम लागि विदेशबाट नेपाल आउनेमा सबैभन्दा बढी प्राविधिक

Labours

रोजगारीको शिलशिलामा नेपालबाट विदेशीनेहरु मात्र नभई विदेशबाट नेपाल आउने विदेशी श्रमिकहरुको संख्या पनि ठुलो छ ।

तथ्यांक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७७/७८ सम्मको तथ्यांकअनुसार कुल १८ हजार २११ ले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । नेपालमा काम गर्न आर्थिक वर्ष २०६९/७० देखि २०७५/७६ सम्म ११ हजार ७२१ विदेशी नागरिकले श्रम स्वीकृती लिएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म ६ हजार ३९० ले श्रम स्वीकृती लिएका छन् । श्रम स्वीकृती लिनेमा महिलाभन्दा पुरुषको संख्या बढि रहेको विभागको तथ्यांकले देखाएको छ । जसअनुसार हालसम्म करिब २ हजार विदेशी महिलाले विभागबाट श्रम स्वीकृती लिएका छन् भने करिब १५ हजारभन्दा बढि पुरुषले श्रम स्वीकृती लिएका छन् । आर्थिक वर्ष २०६९/७० मा जम्मा ९८४ विदेशी श्रमिकले श्रम स्वीकृती लिएका छन् भने २०७७/७८ मा २ हजार ३ सय विदेशी श्रमिकले श्रम स्वीकृती लिएका छन् । विदेशबाट नेपाल आउने श्रमिकको संख्या वर्षेनी बढिरहेको सो तथ्यांकले देखाउँछ ।

नेपाल आउनेमा सबैभन्दा बढी प्राविधिक

चाहे उच्च शिक्षा हासिल गर्न होस् या रोजगारीका अवसरको खोजीमा वर्षेनी ठुलो संख्यामा नेपाली जनशक्ती बाहिरिने गर्छ । नेपालमा रोजगारको अवसर नदेख्ने नेपाली जनशक्तीको लागि विदेशबाट श्रम तथा व्यवसायको लागि नेपाल आउनेहरुको तथ्यांकले नेपालमै पनि रोजगारको अवसर रहेको देखाइसकेको छ ।

विभागले पेशागत आधारमा दक्ष विदेशी श्रमिकहरुको विवरण भिन्दाभिन्दै नराखेपनि रोजगारीको खोजीमा विदेशबाट नेपाल आउनेमा सबैभन्दा बढि दक्ष इन्जिनियरहरु (प्राविधिक) रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका एक कर्मचारीले बताए । ‘हामीले तथ्यांकमा उल्लेख नगरेपनि विदेशबाट आउने श्रमिकहरुमा सबैभन्दा बढि दक्ष प्राविधिकहरु हुनुहुन्छ’ नाम नबताउने शर्तमा उनले भने, ‘दक्ष इन्जिनियर, इन्जिनियरिङ क्षेत्रका विज्ञहरु धेरै आउने गर्छन् । नेपाल आउने प्राविधिकमध्ये सबैभन्दा बढि हाइड्रो, ड्याम, सडक, पुल, सिमेन्ट फ्याक्ट्रि, टनेल आदी प्रोजेक्टमा आबद्ध हुनुहुन्छ ।’

ति कर्मचारीकाअनुसार परियोजनाको शिलशिलामा नेपाल आउने श्रमिकमध्ये पहिलो नम्बरमा चिनियाँ प्राविधिक, दोस्रो नम्बरमा बेलायती र अमेरिकी प्राविधिक एवम् विशेषज्ञ, तेस्रो नम्बरमा भारतिय प्राविधिक रहेका छन् । यसबाहेक अष्ट्रेलिया, फ्रान्स, जर्मन लगायत मुलुकबाट पनि प्राविधिकहरु श्रमिकको रुपमा नेपाल आउने गर्छन् । कामको शिलशिलामा विदेशबाट नेपाल आउने प्राविधिकको श्रम स्वीकृती विभागले पारित गरेपनि उनीहरुको तलब सुविधा भने सम्बन्धित कम्पनी तथा परियोजनाले नै तोक्ने गर्छ । अबदेखि हरेक श्रमिकको क्षेत्रगत हिसाबमा तथ्यांक राखिने

श्रम तथा व्यवसायजन्य विभागले विदेशबाट आउने दक्ष श्रमिकलाई पेशागत तथा व्यवसायजन्य उदेश्यको आधारमा तथ्यांक राख्ने गर्छ । जसअनुसार शिक्षक, दक्ष प्राविधिक, व्यापार, कृषि लगायत क्षेत्रको लागि विदेशी श्रमिकले विभागको मापदण्ड तथा निर्देशिकाअनुसार स्वीकृती पाउने गर्छन् । यद्यपि, विभागले हालसम्म दक्ष प्राविधिक, शिक्षक आदी कुनैपनि श्रमिकको पेशा तथा क्षेत्रअनुसार विभाजन गरेर तथ्यांक राख्ने गरेको भेटिदैन ।

यद्यपि, आगामी दिनमा भने पेशा र क्षेत्रअनुसार दक्ष तथा अन्य विदेशी श्रमिकहरुको तथ्यांक विभाजन गरेर राख्ने विभागमा कार्यरत एक कर्मचारीले बताए । ‘वर्षेनी थुप्रै व्यक्तिहरु विभिन्न प्रयोजनको लागि भन्दै तथ्यांक खोज्नुहुन्छ । तर प्राविधिक, शिक्षक, अन्य भन्दै पेशा तथा क्षेत्रअनुसार भिन्दाभिन्दै तथ्यांक भने कसैले खोज्नुभएन । त्यसैले हामीले आफ्नै तरिकाले रेकर्ड राख्ने गरेका थियौ । अबदेखि पेशा तथा क्षेत्रअनुसार दक्ष विदेशी श्रमिकहरुको तथ्यांक छुट्याएर राखिनेछ’ ति कर्मचारीले भने ।

 प्रावधान

श्रम ऐन २०४८ को पहिलो संसोधनले नेपालमा विदेशीलाई काममा लगाउन सक्ने व्यवस्था गरेको थियो । त्यसपश्चात श्रम ऐन २०७५ तथा श्रम नियमावली २०७५ अनुसार रोजगारदाताले आफुलाई चाहिएको दक्ष विदेशी श्रमिकलाई नियुक्त गर्नुअघि राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्छ । ऐन बमोजिम प्राविधिक वा विज्ञको रुपमा काम गर्न आउने विदेशी नागरिकको हकमा भने विज्ञापन प्रकाशन गर्नुपर्दैन । श्रम स्वीकृती दिँदा विशिष्ट दक्ष प्राविधिक विदेशी श्रमिकलाई पटकपटक गरी ५ वर्षसम्मको स्वीकृती दिइने प्रावधान छ भने अन्य विदेशी श्रमिकको हकमा भने ३ वर्षसम्मको मात्र श्रम स्वीकृती दिने प्रावधान छ ।

Your Opnion

//