उप्कियो रातारात गरेको सडक कालोपत्रे - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

उप्कियो रातारात गरेको सडक कालोपत्रे

महोत्तरीको गौशाला नगरपालिका गरिएको सडक कालोपत्रे गुणस्तरहिन भएको पाइएको छ ।

निगौल चोकदेखि मरहा पुलसम्म रातारात गरिएको सडक कालोपत्रे गुणस्तरहिन भएपछि स्थानीयले विरोध जनाएका छन् । सो सडकको कालोपत्रे उप्किएपछि आक्रोससहित स्थानीयले विरोध जनाएका छन् ।

तिरुपति बालाजी कन्स्ट्रक्सनले सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाख रुपैयाँको लागतमा कालोपत्रेको ठेक्का पाएको थियो ।

स्थानीयले निर्माण कम्पनीले वर्षाको समयमा कालोपत्रे गरेको आरोप लगाएका छन् । हिलाम्य बाटोमा कालोपत्रे गरेको उनीहरुको भनाइ छ । ११ सय मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको सो सडकमा निर्माण कार्य स्थानीयको विरोधपछि रोकिएको छ ।

सडक निर्माणको मापदण्डअनुसार नयाँ सडक निर्माण गर्दा डाइभर्सन गर्नुपर्ने र बेसको वरिपरि कम्तीमा २ फिटसम्म ग्राभेल हालेर मात्र सडक कालोपत्रे गर्नुपर्ने उल्लेख छ । तर, ठेकेदार कम्पनीले मापदण्ड पुरा नगरी कालोपत्रे गरेको स्थानीयको आरोप छ ।

Your Opnion

//