इन्जिनियर कुलमान बने विद्युत प्राधिकरण प्रमुख, शाक्यलाई विशिष्ठ श्रेणीमा नियुक्त - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियर कुलमान बने विद्युत प्राधिकरण प्रमुख, शाक्यलाई विशिष्ठ श्रेणीमा नियुक्त

ई. कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनले अब आगामी ४ वर्षका लागि प्राधिकरण हाँक्ने छन् ।

यसअघि उनले २०७७ भदौमा पहिलो ४ वर्षे कार्यकाल पुरा गरेर थिए । त्यसपछि तत्कालिन सरकारले ई. हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

घिसिङ विद्युत प्राधिकरणमा आएपछि शाक्यलाई जल तथा ऊर्जा क्षेत्रको ‘थिंक ट्यांक’ मानिएको जल तथा ऊर्जा आयोगको सचिवालय ४ वर्षका लागि नियुक्त गरिएको छ ।

विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पद सिर्जना गरी उनलाई सो ठाउँमा जिम्मेवारी दिइएको हो ।

इन्जिनियरले सामाजिक तथा राजनीतिक समस्या पनि फेस गर्नुपर्छ : कुलमान घिसिङ (अन्तर्वार्ता)

Your Opnion

//