संसारकै अग्लो स्थानमा अवस्थित रेल पुलबाट इन्जिनियरिङ क्षेत्रले सिक्नुपर्ने पाठ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

संसारकै अग्लो स्थानमा अवस्थित रेल पुलबाट इन्जिनियरिङ क्षेत्रले सिक्नुपर्ने पाठ

  • डेभिड म्याकेन्जीAugust 9, 2021

ठूलो स्केलका निर्माण कार्य चुनौतीपूर्ण नै हुन्छन् । चाहे सिड्नीको हार्बर ब्रिज होस् या आइफेल टावर होस् या संसारभर निर्माण भएका अन्य कुनै ठूला संरचना । यी संरचनाले उत्कृष्ट आर्किटेक्चरल र जटिल संरचनाका रूपमा संसारमा आफ्नो रेकर्ड कायम राखेका छन् ।

यस्तै, भारतको जम्मु कास्मिर जोड्ने द चेनाव ब्रिजले लगभग हार्बर ब्रिज जस्तै लामो र आइफिल टावरजत्तिकै अग्लो छ । हिमालयन क्षेत्रमा अवस्थित चेनाव पुल स्थापना भएपछि भारतले सोही पुलसँग जोड्ने गरी कोनकान रेलमार्ग निर्माण गर्यो । करिब १ सय ११ किलोमिटर लामो उक्त रेलमार्गले भारतको कत्रा र बेनिहाल जोड्ने गर्छ । रेलमार्गसमेत जोड्ने गरी बनेको चेनाव पुलको सफल निर्माण हुनुको पछाडि निर्माणकर्ता टिमको मुख्य भूमिका रहेको मानिन्छ ।

चेनाव नदीमाथि डेक आर्क र आर्क ब्रिज डिजाइनमा बनेको उक्त पुल संसारकै अग्लो स्थानमा निर्मित रेल पुल हो । दुईटा अग्ला पहाड जोडेर पुल निर्माण गर्नु सो पुल निर्माणको सबैभन्दा ठूलो चुनौती रहेको बताइन्छ । स्टिल र कंक्रिटबाट बनेको उक्त आर्क ब्रिजले जम्मु र कास्मिरको बीचमा रहेको बक्काल र कौरी क्षेत्रलाई जोड्छ । नदीदेखि ३ सय ५९ मिटर उचाइमा बनेको उक्त पुलको लम्बाई १ हजार ३ सय १५ मिटर लामो रहेको छ ।

उक्त पुल निर्माणमा निर्माताहरूले पुलका हरेक लाइन मिलाउँदै अघि बढाउनुपर्ने हुन्छ । प्रकृतिले निम्त्याउने अनपेक्षित दुर्घटनाका बाबजुद पनि पुल निर्माण खटिएका इन्जिनियरहरू, विज्ञहरू, कामदारहरूले उक्त हिमालयन क्षेत्रमा संसारकै अग्लो स्थानमा रेल ब्रिज निर्माण गर्न सफल बने । पुल निर्माणको सन्दर्भमा यसलाई संसारले सबैभन्दा ठूलो पाठका रूपमा लिनुपर्छ ।

संसारका ठूल्ठूला र उत्कृष्ट पुलहरू निर्माणमा लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी कोबीले पनि चेनाव ब्रिज निर्माणलाई सबैभन्दा चुनौतीपूर्ण रहेको बताउँछ । पुलदेखि रेलमार्ग, सौर्य ऊर्जादेखि वायु फार्म, दिगो विकास आदि जस्ता ससारका सबैभन्दा बढी चुनौतीपूर्ण पूर्वाधार निर्माणमा निजी क्षेत्रबाट ठूलो योगदान पुर्याउँदै आएको कोबीले भारतको चेनाव पुल इन्जिनियरिङ क्षेत्रको सबैभन्दा उदाहरणीय परियोजनाका रूपमा अथ्र्याउँदै आएको छ । त्यसैले इन्जिनियरिङ विधिमार्फत समस्या समाधान, चुनौतीको सामना गर्दै निर्माण गरिएको चेनाव पुलबाट संसारले पाठ सिक्नुपर्छ । जटिलताका बाबजुद पनि सफलता हासिल गरेको यस चेनाव पुलबाट संसारले दिगो पुल कसरी निर्माण गर्न सकिन्छ भन्ने पाठ सिक्न जरुरी छ । अझ विशेषगरी हिमालयन क्षेत्रमा पुल निर्माण अध्ययनकर्ता, इन्जिनियर तथा सम्बन्धित निकायका व्यक्तिहरूले चेनाव पुलबाट पाठ सिक्नुपर्छ ।

(लेखक डेभिड कोबीका कार्यकारी निर्देशक हुन् । ) –न्यु सिभिल इन्जिनियरबाट

Your Opnion

//