सिभिल इन्जिनियरसहित ६ जना विभूषण समितिको सदस्य नियुक्त - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

सिभिल इन्जिनियरसहित ६ जना विभूषण समितिको सदस्य नियुक्त

सरकारले विभूषण समितिको सदस्य नियुक्त गरेको छ । राष्ट्रिय जीवनमा उल्लखनीय योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई समिति सदस्यमा नियुक्त गरिएको हो ।

यसरी नियुक्त हुनेमा सिभिल इन्जिनियर ओमप्रकाश महतो पनि छन् । नियुक्त हुने अन्य सदस्यहरुमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति भूषण श्रेष्ठ (महिला), त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी र नेपाली सेनाका उपकाश प्राप्त उपरथी नरबहादुर कँडेल रहेका छन् ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई विभूषण समितिको जिम्मेवारीमा नियुक्त गरिएको जानकारी दिए ।

विभूषण ऐन, २०६४ (विभूषण (पहिलो) संशोधन ऐन, २०६५) अनुसार वरिष्ठ उपप्रधानमन्त्री वा निज नरहेको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठ मन्त्री विभूषण समितिको अध्यक्ष, गृह मन्त्री सदस्य, राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिला सहित ६ जना सदस्य र गृह सचिव सदस्य–सचिव रहने व्यवस्था छ ।

यसअघि महिला नपरेको भन्ने समाचारमा भूषण श्रेष्ठ महिला रहेको जानकारी आएपछि समाचार सच्याइएको छ– सम्पादक ।

Your Opnion

//