स्ट्रक्चर इन्जिनियर विज्ञ माग गर्दा स्नाकोत्तर पास र ९ औँ तहमा माग गर्नुपर्छ– स्टक्चरल इन्जिनियर्स एसोसिएसन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

स्ट्रक्चर इन्जिनियर विज्ञ माग गर्दा स्नाकोत्तर पास र ९ औँ तहमा माग गर्नुपर्छ– स्टक्चरल इन्जिनियर्स एसोसिएसन

गत साता इन्जिनियरिङ सेवातर्फ छैटौं तहको विज्ञापनमा तिलोतमा नगरपालिकाले शैक्षिक योग्यता स्नातक तह हुनुपर्नेमा स्नाकोत्तर भएको भन्दै विरोध भयो । नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी कार्य समितिले इस्ट्रक्चर इन्जिनियर माग गरिएको विज्ञापनका लागि शेक्षिक योग्यता स्नातक पास हुनुपेर्नेमा अन्यथा भएको भन्दै विज्ञप्तिमार्फत विरोध जनाएपछि नगरपालिकाले विज्ञापन सच्याउँदै शैक्षिक योग्यता स्नातक पास बनायो ।

तर, स्ट्रक्चर इन्जिनियरहरुको छाता संगठन स्टक्चरल इन्जिनियर्स एसोसिएसन नेपालले स्ट्रक्चरल इन्जिनियरिङको विज्ञ माग गर्दा स्नातक पास गरेको हुनुपर्ने गरी नगरपालिकाले विज्ञापनमा हेरफेर गर्नुलाई त्रुटीपूर्ण मानेको छ ।

स्ट्रक्चर इन्जिनियरिङ विषयमा स्नाकोत्तर गरेको विज्ञ इन्जिनियर नै स्ट्रक्चरल इन्जिनियरको परिभाषा भएकाले विज्ञापनमा भएको त्रुटी सच्याउन माग गरिएको छ । एसोसिएसनका अध्यक्ष ई. डा. भरत मन्डल र र सचिव ई. शिव लाल चालिसेद्वारा एक विज्ञप्ति जारी गर्दै सो विज्ञापन तत्काल रद्द गर्नसमेत आग्रह गरिएको छ ।

यस विषयमा एसोसिएसनको टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग र नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यालयमा पुगेर ध्यानाकर्षर्णसमेत गराएको छ ।

सचिव चालिसेले इन्जिनियर्स पोस्टलाई दिएको जानकारीअनुसार नेपाल सरकारको संघ, प्रदेश र स्थानीय तहको कर्मचारी संगठन संरचनामा स्ट्रक्चरल इन्जिनियरिङ विषयमा स्नातकोत्तर योग्यता भएको ब्यक्तिको सम्बन्धमा विज्ञापन गर्नुपर्दा विज्ञ इन्जिनियरको रुपमा स्पष्ट खुलाइ पदपूर्ति गर्नुपर्नेलगायतका विषयमा टोलीले ध्यानाकर्षण गराएको थियो ।

साथै, हाल तहको संगठन संरचनामा कम्तीमा सातौं तहमा ब्यबस्थापन गरिनुपर्ने विषय उठाउँदै राष्ट्रिय भवन संहिता पूर्णरूपमा कार्यान्वयन गर्न संघ र प्रदेश अन्तर्गत मन्त्रालय तथा विभागमा भवन संहिता शाखाको स्थापना गर्ने साथै इन्जिनियरिङ सेवा समूह अन्तर्गत स्ट्रक्चरल उपसमूको व्यवस्था गर्नुपर्ने विषयमासमेत ध्यानाकर्षण गराइएको चालिसेले बताए ।

टोलीले स्नाकोत्तर तहको विज्ञ इन्जिनियर माग गर्दा ९ औँ तहमा माग गर्नुपर्ने विषयमा मेडिकल क्षेत्रको उदाहरढा प्रस्तुत गर्दै इन्जिनियरिङमा पनि यस्तो व्यवस्था गर्न माग गरेको थियो ।

Your Opnion

//