इन्जिनियरले गरे आफ्नै ३ वर्षीय छोराको अपहरण - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

इन्जिनियरले गरे आफ्नै ३ वर्षीय छोराको अपहरण

एक इन्जिनियरले आफ्ना ३ वर्षीय छोराको अपहरण गरेका छन् । अपहरणपछि आफ्नै श्रीमतीसँग फिरौती मागेका छन् । भारतको हैदरावादका सफ्टवेयर इन्जिनियरले २० लाख (३२ लाख नेपाली रकम बराबर) ऋण चूक्ता गर्न आफ्नै नाबालक छोराको अपहरण गरेका हुन् ।

हैदरावाद प्रहरीकाअनुसार हैदरावादको एक आईटी कम्पनीमा कार्यरत सफ्टवेयर इन्जिनियर पल्नाटी रामकृष्णले आफ्ना छोराको अपहरण गरेर भागेका थिए । अपहरणपछि उनले आफ्नै श्रीमतीसँग २० लाख फिरौती रकम मागेका थिए । फिरौती नदिएमा आफ्ना छोरासहित आत्महत्या गर्ने धम्की दिएका थिए ।

आरोपित इन्जिनियरले २० लाख ऋण लिएका थिए भने उनले उक्त ऋण चुक्ता गर्न सकेका थिएनन् । ऋण दिने व्यक्तिले ऋण चुक्ता गर्न दबाब दिएपछि ई. रामकृष्ण आफ्नै छोराको अपहरण गर्न बाध्य भएका थिए । गत जुलाई ३१ मा प्रहरीले ३ वर्षीय बालकको उद्धार गरेको थियो । उद्धारपछि बालकलाई आफ्नी आमाको जिम्मा लगाउन सफल भएको थियो । हाल आरोपित इन्जिनियरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीकाअनुसार आरोपित ई. रामकृष्णले भारतमा जारी लकडाउनको समयमा घरबाटै अफिसको काम गर्दै आएका थिए । उनी लागूपदार्थ र मादक पदार्थको दुव्र्यसनीमा फसेका थिए । दुव्र्यसनीका कारण उनी २० लाख ऋणमा डुबेका थिए । –एजेन्सी

Your Opnion

//