आर्किटेक्ट प्रधान अन्तर्राष्ट्रिय युनियन अफ आर्किटेक्ट्सको सदस्यतामा मनोनित - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

आर्किटेक्ट प्रधान अन्तर्राष्ट्रिय युनियन अफ आर्किटेक्ट्सको सदस्यतामा मनोनित

आ. अन्जु मल्ल प्रधान चौथो अन्तर्राष्ट्रिय (इन्टरनेसनल) युनियन अफ आर्किटेक्ट्स (यूआईए) को सदस्यमा मनोनित भएकी छन् । उनी यही बुधबार यूआईएको काउन्सिल सदस्यका रूपमा मनोनित भएकी हुन् । ‘सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स’की निवर्तमान अध्यक्षसमेत रहेकी आ. प्रधान सन् २०२३ सम्ममा यूआईए ब्युरोको सदस्यका रूपमा रहनेछिन् ।

आ. प्रधानले आफू यूआईएको काउन्सिल समितिको सदस्यका रूपमा मनोनित भएकोमा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन् । ‘विश्वव्यापी आर्किटेक्ट्स समुदायहरूको विश्वास जितेर यूआईएको काउन्सिल सदस्यका रूपमा छनोट हुन पाउँदा म निकै कृतज्ञ छु,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘मलाई सदस्यका पदमा छनोट हुन साथ सहयोग दिनु हुनेप्रति म निकै आभारी छु ।’

आफ्नो कार्यावधिसम्म आफूसँग रहेको सीप र क्षमता प्रयोगको भरपुर प्रयोग गर्दै यूआईएका लागि सेवा गर्ने प्रतिबद्धतासमेत आ. प्रधानले जनाएकी छन् । उनले सोनालाई पनि धन्यावाद ज्ञापन गरेकी छन् ।

इन्टरनेसनल युनियन अफ आर्किटेक्टस्को नयाँ कार्यकारिणी समितिको चुनाव सम्पन्न भएको छ । गत शनिबार र आइतबार सम्पन्न चुनावमा विभिन्न मुलुकका आर्किटेक्टहरू विभिन्न पदका लागि चयन भएका छन् ।

मेक्सिकोका जोस लुइस कोर्टिस यूआईएका वर्तमान अध्यक्षका रूपमा चयन भएका छन् । सन् १९४८ मा स्विट्जरल्यान्डमा स्थापना भएको यूआईएको केन्द्रीय कार्यालय फ्रान्सको पेरिसमा अवस्थित छ । यूआईएमा हाल संसारभरबाट करिब ३.२ मिलियन सदस्य रहेका छन् ।

Your Opnion

//