एक महिनामै एक चौथाइ विकास बजेट खर्च - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nation

एक महिनामै एक चौथाइ विकास बजेट खर्च

तनहुँमा असार महिनामा मात्रै संङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त आवका लागि विकास बजेटतर्फ ३ अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६३९ रुपैयाँ विनियोजन गरिएकामा असारमा मात्रै ९२ करोड ६६ लाख ८३ हजार ९८७ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ ९ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ रुपैयाँ विनियोजन गरिएकामा असारमा १ अर्ब १३ करोड एक लाख ४६ हजार ५४७ रुपैयाँ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले बताए ।

प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१.३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । प्रदेश सरकारका तर्फबाट पूँजीगततर्फ २ अर्ब ४० करोड ४८ लाख ४१ हजार ७२ रुपैयाँ विनियोजन गरिएकामा एकै महिनामा ९९ करोड ३८ लाख ३३ हजार ८५३ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । साथै, सोही अवधिमा चालूतर्फ २२.७२ प्रतिशत बजेट खर्च भएको छ ।

चालूतर्फ ९० करोड ६१ लाख १ हजार रुपैयाँ विनियोजन गरिएकामा २० करोड ५९ लाख १० हजार ८८७ रुपैयाँ खर्च भएको भट्टराईले बताए । ‘असारमा रकम निकासा हुने भएकाले यो एकै महिनामा धेरै बजेट खर्च भएको जस्तो देखिन्छ,’ उनले भने, ‘अन्तिम अन्तिम भएकाले पनि यो बेला धेरै काम हुने गरेको छ ।’

कूल बजेट खर्च ८५.०४ प्रतिशत

उक्त आवमा सङ्घ र प्रदेशतर्फबाट विनियोजितमध्ये ८५.०४ प्रतिशत बजेट खर्च भएको छ । सङ्घतर्फ ८३.१३ र प्रदेशतर्फ ९२.६७ प्रतिशत बजेट खर्च भएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा सङ्घतर्फ ८७.३० प्रतिशत बजेट खर्च भएको थियो भने प्रदेशतर्फ ७५.३१ प्रतिशत बजेट खर्च भएको थियो । गत वर्षभन्दा सङ्घतर्फ ४.२० प्रतिशत बजेट कम खर्च भएको छ भने प्रदेशतर्फ १७.३६ प्रतिशत बजेट बढी खर्च भएको तथ्याङ्कले देखाएको छ ।

सङ्घतर्फ चालूतर्फ ८ अर्ब ७७ करोड ८५ लाख ४६ हजार ७६६ रुपैयाँ र पूँजीगततर्फ २ अर्ब ३ करोड २० लाख १ हजार १८४ रुपैयाँ बजेट खर्च भएको छ । प्रदेशतर्फ चालूतर्फ ८० करोड १२ लाख ६३ हजार ५५२ रुपैयाँ र पूँजीगततर्फ २ अर्ब २६ करोड ६९ लाख ४२ हजार ४८८ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

राजस्व बढ्यो

जिल्लास्थित सरकारी कार्यालयले गत आवभन्दा यस अवधिमा राजस्व सङ्कलन वृद्धि गरेका छन् । सङ्घ र प्रदेशतर्फका कार्यालयले आव २०७७/७८ मा राजस्व सङ्कलन वृद्धि गरेका हुन् । यस वर्ष ८ अर्ब ५० करोड २६ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ३५ करोड २ लाख ५६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । रासस

Your Opnion

//