घट्दै इन्जिनियरिङ विद्यार्थी, २०२१ भित्र ६३ वटा इन्जिनियरिङ कलेज बन्द हुँदै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

घट्दै इन्जिनियरिङ विद्यार्थी, २०२१ भित्र ६३ वटा इन्जिनियरिङ कलेज बन्द हुँदै

भारतका कयौं इन्जिनियरिङ कलेजहरू सन् २०२१ भित्रै बन्द हुने अवस्थामा रहेका छन् । पछिल्लो समय सार्वजनिक एक रिपोर्टले देखाएअनुसार इन्जिनियरिङका सिटहरू एक दशकयताकै रिक्त रहेकोले विभिन्न इन्जिनियरिङ कलेजहरू बन्द हुने अवस्थामा पुगेका हुन् ।

अल इन्डिया टेक्निकल एजुकेसन काउन्सिल (एआईसीटीई)ले सार्वजनिक गरेको रिपोर्टअनुसार डिप्लोमा, स्नातक र स्नात्तकोत्तर तहमा २३.२८ लाख इन्जिनियरिङका सिटहरू तल झरेका छन् । विभिन्न कलेजहरूमा इन्जिनियरिङका विद्यार्थी भर्ना संख्या निकै कम छ । जुन दश वर्षयताकै कम हो । यस वर्ष पनि १ लाख ४६ हजारभन्दा कम विद्यार्थी मात्र भर्ना हँुदैछन् । यस्तो अवस्थामा भारतका विभिन्न ६३ इन्जिनियरिङ कलेजहरू यसै वर्षभित्र बन्द हुने अवस्थामा छन् ।

हरेक वर्ष ५० इन्जिनियरिङ संस्थान बन्द

भारतमा हरेक वर्ष करिब ५० इन्जिनियरिङ अध्ययन संस्थान बन्द हुने गरेको पनि एआईसीटीई रिपोर्टले देखाएको छ । शैक्षिक शत्र २०१५÷१६ यता इन्जिनियरिङमा विद्यार्थी संख्या घटेकोले त्यसयता बर्सेनि ५० इन्जिनियरिङ कलेज बन्द हुने गरेको उक्त रिपोर्टले देखाएको हो । एआईसीटीईले स्वीकृत गरेका भारतका विभिन्न इन्जिनियरिङ अध्ययन संस्थानहरूमा २०१४÷१५ मा ३२ लाख इन्जिनियरिङका सिट थियो ।

एआईसीटीईका अनुसार भारतका इन्जिनियरिङ संस्थानहरूमा करिब ७ वर्षअघिदेखि इन्जिनियरिङका सिट लगातर रिक्त हुँदै आएका छन् । इन्जिनियरिङ सिट रिक्त हुँदा सात वर्षयता भारतका ४ सय इन्जिनियरिङ स्कुल बन्द भइसकेका छन् । हरेक वर्ष करिब ५० इन्जिनियरिङ संस्थान बन्द हुुने गर्छन् । कोभिड महामारीका कारण यस वर्ष भने ६३ वटा इन्जिनियरिङ कलेज नै बन्द हुने भएका छन् ।

हरेक वर्ष भारतमा थुप्रै नयाँ इन्जिनियरिङ कलेज र संस्थानहरू खुल्ने गर्थे । विगत ५ वर्षयता भने नयाँ इन्जिनियरिङ कलेज तथा संस्थान कम मात्रामा मात्र खुल्ने गरेका छन् । आइआईटी हैदराबादका अध्यक्ष विभिर मोहन रेडिुडको नेतृत्वमा बसेको सरकारी समितिको बैठकले सन् २०२१/२२ का लागि भने ५४ नयाँ इन्जिनियरिङ कलेज तथा संस्थान खुल्ने बताइएको छ । –इन्डिययन एक्सप्रेसबाट

Your Opnion

//