२ जना इन्जिनियरमाथि गोली प्रहार - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

२ जना इन्जिनियरमाथि गोली प्रहार

पाकिस्तानको कराचीमा २ चिनियाँ इन्जिनियरमाथि गोलि हानिएको छ । बाइकमा आएका अज्ञात व्यक्तिहरूले चिनियाँ इन्जिनियरहरूमाथि गोली प्रहार गरेका हुन् ।

गोलीबाट गम्भीर घाइते भएका दुवै इन्जिनियरहरूलाई हाल कराचीस्थित सिभिल हस्पिटलमा भर्ना गरिएको छ । चिनियाँ इन्जिनियरहरू बोकेको बसमाथि हमला भएको दुई हप्तापछि कराचीमा पुनः २ चिनियाँ इन्जिनियरहरू बोकेको कारमा अज्ञात व्यक्तिले गोली हानेको बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लियानले यस घटनालाई एक अलग मुद्दाका रूपमा हेरेको बताएका छन् । ‘यो एक अलग मुद्दा भए पनि हाम्रा नागरिकहरू पाकिस्तानमा असुरक्षित बन्दै गएका छन्,’ प्रवक्ता लियानले भनेका छन् ।

दुई हप्ताअघि दायु हाइड्रोपावर परियोजनाका लागि ३० चिनियाँ इन्जिनियरसहित अन्य चिनियाँ नागरिक बोकेको बसमा पाकिस्तानको माथिल्लो कोहिस्तानमा विस्फोट गराइएको थियो ।

जुलाई १४ मा भएको उक्त विस्फोटमा परी ९ चिनियाँ इन्जिनियरहरूको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनापछि पाकिस्तानमा जारी चीन सरकारसँग सम्बन्धित परियोजनाहरू तत्कालका लागि रोक्न चिनियाँ राष्ट्रपति सी जिङपिङले निर्देशन दिएका थिए । त्यसपछि चीनले पाकिस्तानमा जारी आफ्ना सबै परियोजना अघि बढाएको छैन । –एजेन्सी

Your Opnion

//