निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह, इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह, इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ठेक्कामा अनियमितता गरेको भन्दै अख्तियारले सिंहसहित मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालीन योजना प्रमुख विजय चापागाईं, तत्कालीन इन्जिनियर दिपक कुमार खड्का, तत्कालीन सब-इन्जिनियर गजेन्द्र प्रसाद राउत र तत्कालीन लेखा अधिकृत दुर्ण प्रसाद फुयालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङ जिल्लाको एक खण्डको निर्माण ठेक्का सम्झौता सिंहको महादेव खिम्ती निर्माण सेवा प्रा.लि. काठमान्डौले पाएको थियो ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।

अर्को ठेक्काबाट काम गराई विल तयार पारी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरेको अख्तियारको दाबी छ ।

Your Opnion

//