तामाकोसी पाँचौंमा कर्मचारी संचय कोषले १२ अर्ब लगानी गर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

तामाकोसी पाँचौंमा कर्मचारी संचय कोषले १२ अर्ब लगानी गर्ने

कर्मचारी संचय कोषले तामाकोसी पाँचौंमा १२ अर्ब लगानी गर्ने भएको छ । आइतबार लगानीसम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त लगानी  गर्ने पक्का भएका हो ।

सम्झौतापत्रमा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोसी जलविद्युत् कम्पनीका सिईओ नसिबमान प्रधानले हस्ताक्षर गरेका हुन् ।

यसअघि पनि कोषले रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोसीमा पनि एकलौटी लगानी गरिसकेको छ । अब तामाकोसी पाँचौंमा करिब १०० मेगावाट क्षमताको आयोजनामा लगानी गर्न पाउँदा खुशी भएको कोषले जनाएको छ ।

तामाकोसी पाँचौंको कुल लगानी १६ अर्ब रहने अनुमान गरिएको छ । कुल लगानीमध्ये १२ अर्ब कोषले लगाउने भएको छ भने बाँकी रकम प्राधिकरणले लगानी गर्ने जनाएको छ ।

यसमा २५/२५ मेगावाट क्षमताका चारओटा युनिट रहनेछन् । प्रतिमेगावाट १६ करोड लागत लाग्ने बताइएको छ । आयोजनाले वार्षिक ५४० गिगावाट ऊर्जा उत्पादन गर्नेछ । आवश्यक सबैक काम सम्पन्न गरी १० महिनाभित्रै बोलपत्रको काम सुरु गरी निर्माण थाल्ने योजनामा प्रवर्द्धक कम्पनी लागिपरेको छ ।

Your Opnion

//