विद्युत् महसुलमा छुट दिने योजना ल्याउन मन्त्री भुसालको निर्देशन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

विद्युत् महसुलमा छुट दिने योजना ल्याउन मन्त्री भुसालको निर्देशन

गरिबीका रेखामुनि रहेका जनतालाई विद्युत् महसुलमा छुट दिने योजना ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन् । विद्युत् प्राधिकरणका पदाधिकारीलाई आइतबार प्राधिकरणद्वारा आयोजित एक स्वागत कार्यक्रममा उनले यस्तो निर्देशन दिएकी हुन् ।

त्यसैगरी प्राधिकरणको सञ्चालन खर्च र विद्युत्को प्रणालीगत चुहावट बढ्नु पनि दु:खद रहेको भन्दै मन्त्री भुसालले चुुहावट नियन्त्रणका उपाय कार्यान्वयन गर्न पनि व्यवस्थापनलाई निर्देशन दिएकी छन् ।

प्राधिकरणले उठाउनुपर्ने अर्बौं रुपियाँ महसुल उठाउन नसकेको भन्दै व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले सबै महसुलसमेत उठाउन पनि निर्देशन दिइन् ।

प्राधिकरणले महसुलबापत करिब १५ अर्ब ४३ करोड रुपैयाँ महसुल उठाउन बाँकी छ ।

Your Opnion

//