पाकिस्तानमा एके–४७ बोकेर काम गर्दै चिनियाँ इन्जिनियरहरु - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

पाकिस्तानमा एके–४७ बोकेर काम गर्दै चिनियाँ इन्जिनियरहरु

गत हप्ता उत्तरी पाकिस्तानको कोहिस्तानमा बस विस्फोटमा ९ चिनियाँ इन्जिनियरसहित १३ को मृत्यु भयो । दासु ड्याम परियोजनामा खटिएका आफ्ना इन्जिनियरहरु मारिएको भन्दै चीन सरकारले इस्लामाबादस्थित पाकिस्तान सरकारमाथि दबाब दिएको छ ।

‘बेल्ट एण्ड रोड इनिसियटिभ’को उच्चस्तरिय समितिको बैठकमार्फत चीनले दासु ड्याम निर्माण परियोजना तत्काल पछि सार्न दबाब दिएको थियो ।

पाकिस्तानको उत्तरपश्चिमा अवस्थित दासु हाइड्रोपावर परियोजना यतिबेला निर्माधिन अवस्थामा छ । नेपालको बुढीगण्डकी हाइड्रोपावरमासमेत काम गरेको कम्पनी चाइना गेन्जोवा ग्रुप कम्पनी (सिजिजिसी)ले करिब ४ विलियन अमेरिकी डलर लागतमा ४ हजार ३२० मेगावाटको दासु हाइड्रोपावर निर्माण सुरु गरेको थियो ।

चाइना पाकिस्तान इकोनोमिक कोरिडोर (सिपिईसी) अन्तर्गत बन्न लागेको उक्त परियोजनामा विश्व बैंकले सहयोग गरेको छ ।

उक्त विस्फोटबारे १५ सदस्यसहितको चिनियाँ टोलीले अनुसन्धान गरिरहेको छ । उता, सिपिईसीमा कार्यरत चिनियाँ इन्जिनियरहरुले एके–४७ हतियार बोकेको तस्बिरहरु फेला परेको छ ।

सिपिईसी परियोजनामा कार्यरत इन्जिनियरहरुले इन्जिनियरिङ टुलकिटको सट्टा एके–४७ हतियार बोकेको भन्दै सो तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

पाकिस्तानको विभिन्न स्थानमा कार्यरत चिनियाँ कामदार र इन्जिनियरहरुले आफ्नो सुरक्षाको निम्ति २४सैं घण्टा हातहतियार बोक्ने गरेको इन्डिया टिभीले जनाएको छ । –एजेन्सीको सहयोगमा

Your Opnion

//