इन्जिनियर बुढा मृत्यु प्रकरणमा ‘कल डिटेल’ निकाल्दै प्रहरी, मोबाइल काठमाडौं पठाइयो - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियर बुढा मृत्यु प्रकरणमा ‘कल डिटेल’ निकाल्दै प्रहरी, मोबाइल काठमाडौं पठाइयो

अछामको तुर्माखाँद गाउँपालिकामा कार्यरत इन्जिनियर हिक्मत बहादुर बुढा मृत्यु प्रकरणमा छानबिन जारी छ । पोस्टमार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या गरेको देखिएको छ ।

प्रहरीले छानबिन भने जारी राखेको छ । घटनाबारे गाउँपालिका अध्यक्ष पुष्पराज शर्मासहित जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर सोधपुछ गरेको छ भने मृतक बुढाको मोबाइलको कल डिटेल निकाल्ने काम पनि भइरहेको छ ।

अछाम प्रहरी स्रोतका अनुसार उनको मोबाइल फरेन्सीक ल्याब टेस्टका लागि काठमाडौंमा पठाइएको छ । केही दिनमा ल्याब रिपोर्ट आएपछि घटना हत्या हो या आत्महत्या भन्ने विषयमा थप कुरा पत्ता लाग्नेछ ।

जिल्ला प्रहरी कार्यालय अछामको मुद्दा शाखाका प्रहरी जवाना जितेन्द्र साउदका अनुसार हालसम्मको घटनालाई केलाउँदा आत्महत्या भएको देखिएको र अन्य कुरा बाँकी रिपोर्टहरु आएपछि मात्र पत्ता लाग्नेछ ।

उता, पारिवारीक पक्षले भने मृतकको मुखबाट रगत आएको, झुन्डिएको अवस्थामा एउटा खुट्टा टेबल र अर्को भूँइमा रहेकाले शंका गर्ने ठाउँ रहेको बताएको छ । घटनास्थलमा रहेका मृतकका भाइ जनक बुढा इन्जिनियर्स पोस्टसँग भन्छन्, ‘आत्महत्या हो वा हत्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्कै केही न केही तथ्य बाहिर आउला । यदि घटना हत्या नभएर आत्महत्या नै रहेछ भने पनि एक्कासी आत्महत्या गर्नुपर्ने कारण के हो भन्नेबारेको पनि तथ्य बाहिर आउनुपर्छ ।’ मृतक बुढा आत्महत्या गर्ने स्वाभावको ब्यक्ति नभएकाले उनीमाथि कसैको दबाब थियो कि भन्ने शंका पारिवारीक स्रोतले गरेको छ ।

उनको मोबाइल र कल डिटेलबारे जाँच भएपछि घटनाबारे केही कुरा बाहिर आउने विश्वास बुढाको छ । यदि सोबाट पनि कुनै तथ्य फेला नपरेमा प्रहरीले नयाँ ढंगबाट मृत्यु प्रकरणको छानबिन गर्नुपर्ने उनी बताउँछन् ।

डाक्टर हरिहर वस्ती झुन्डिएर आत्महत्या गरेको ८–१० घण्टापछि मुख र कानबाट रगत आउने सम्भावना प्रवल रहने बताउँछन् । झुन्डिएर आत्महत्या गरेको सवालमा तत्काल रगत आउने घटना हुँदै नहुने भन्ने नभएको उनको भनाइ छ ।

इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘घाँटिमा परेको प्रेसर नसामा पर्यो भने रगत आउन सक्छ । झुन्डिएको केशमा रगत आउने कुरा कमन होइन तर, आउँदै नआउने भन्ने पनि होइन ।’

यसअघि विष सेवन गराएर मृत्यु नभएपछि झुन्डाइएको शंका गरिएता पनि पोस्ट मार्टम रिपोर्टमा विष सेवनको त्यस्तो कुनै संकेत देखिएको थिएन ।

Your Opnion

//