नेईएले मनायो ५९ औं इन्जिनियर दिवस, देश विकासमा इन्जिनियरको प्रयोग हुनुर्नेमा जोड - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

नेईएले मनायो ५९ औं इन्जिनियर दिवस, देश विकासमा इन्जिनियरको प्रयोग हुनुर्नेमा जोड

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए)ले भर्चुअल माध्यमबाट ५९ औं इन्जिनियर दिवस मनाएको छ । ‘समृद्ध नेपाल निर्माणका लागि सुरक्षित इन्जिनियरिङ पेशा’ भन्ने नारासहित आइतबार (साउन ३ गते) एक कार्यक्रम सम्पन्न भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्त्री भुसालले पानसमा बत्ती बालेर गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता नेईएका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न वज्राचार्यको उपस्थिति थियो भने अन्य अथितिका रूपमा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष ई. डिल्लीरमण निरौला, नेईएका सल्लाहकार परिषद्का अध्यक्ष तथा निवर्तमान अध्यक्ष ई. हरेराम श्रेष्ठ, नेईएका उपाध्यक्ष ई. आशिष घिमिरे, नेईएका महासचिव ई. छविराज पोखरेललगाययतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री भुसालले देशलाई समृद्दिको बाटोमा अघि बढाउन इन्जिनियरको भूमिका महत्वपूर्ण हुने बताइन् । इन्जिनियरहरूको सहभागिताबिना जीवनलाई आवश्यक पर्ने सेवा–सुविधा तथा प्रविधि प्राप्ति असम्भव भएको भन्दै उनले समाज रुपान्तरण, राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्ने र जनताको आवश्यकता र चाहनालाई परिकल्पना गरेर व्यवहारमा उतार्ने काम नै इन्जिनियरहरूको रहेको उनको भनाइ थियो ।

‘इन्जिनियरहरूबाट नै देश विकास र आर्थिक समृद्धि हुने भएकाले उहाँहरूले कतै न कतै आत्मसमीक्षा गर्नुपर्छ र आफूलाई समाजमा रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्छ,’ कार्यक्रमा बोल्दै उनले भनिन्, ‘एसोसिएसनले पूर्वाधार विकासमा अग्रपंक्तिमा खटिने इन्जिनियर तथा आर्किटेक्टलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न पत्र दिएको छ । त्यसका लागि मैले सक्दो पहल गर्नेछु ।’

कार्यक्रममा विशेष सम्बोधन ई. प्रा.डा. त्रिरत्न वज्राचार्यले गरेका थिए । कार्यक्रममा बोल्दै उनले इन्जिनियर दिवस इन्जिनियरहरूको जमघट मात्रै नभई आफ्नो पेशाका साथै देश विकासका बारेमा गहन छलफल गर्ने महत्वपूर्ण भेला भएको बताए । उनले भने, ‘मुलुकलाई समृद्धितर्फ लैजाने इन्जिनियर वर्गको सेवालाई राज्यले महत्व दिनुपर्दछ । र, उनीहरूको ज्ञान, सीप र दक्षताको भरपुर प्रयोग गरी देशको विकासमा लगाइनुपर्छ र उनीहरूका लागि सम्मानजनक वातावरण बनाइदिनुपर्छ ।’

त्यसैगरी उनले सरकारले इन्जिनियरहरूको पारिश्रमिक, सामाजिक सुरक्षालगायत दुर्घटना बिमासम्बन्धी विषयमा तत्काल नीतिगत निर्णय गरोस् भन्ने नेईएको माग रहेको बताए ।

नेईएका निवर्तमान अध्यक्ष ई. हरेराम श्रेष्ठले पटक–पटक इन्जिनियरहरुमाथि विभिन्न खाले आरोपहरु लाग्ने गरेकाले त्यसमा नेईएले सत्य–तथ्य छानबिन गर्नुपर्ने बताए ।

स्थानीय तहमा निजामति क्षेत्रमा प्रशासनतर्फ जाँदा ६ महिना तालिम हुने तर, इन्जिनियरिङतर्फ बिना तालिम काममा जानुपर्ने व्यवस्थामा सुधार हुनुपर्ने बताए । उनले भने, ‘सैद्धान्तिक पक्ष र व्यवहारिक पक्ष फरक कुरा हो । इन्जिनियरले हासिल गरेको सैद्धान्तिक ज्ञान र निजामती सेवामा प्रवेश गरेपछि उसले गर्नुपर्ने व्यवहारिक काम फरक–फरक हुन्छ । त्यसैले, इन्जिनियरिङ सेवातर्फ पनि स्टाफ कलेजको व्यवस्था गर्नुपर्छ ।’

त्यसैगरी कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष ई. डिल्लीरमण निरौलाले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य तत्काल अघि बढाउन र इन्जिनियर हुनका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका थिए ।

कार्यक्रममा नेईए बागमती प्रदेश सभापति ई. नन्दलाल बन्जाडेले इन्जिनियरहरू कोरोना महामारीमा पनि विकास निर्माणका क्षेत्रमा फ्रन्टलाइनमा काम गरिरहेको तर उनीहरूले कोरोनाविरुद्धको खोप नपाएको बताए । उनले भने, ‘सरकारले फ्रन्टलाइनमा काम गर्ने इन्जिनियरहरूलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोज दिनुपर्छ । यसका लागि हामीले सरकारलाई पनि पहल गरिसकेका छौं ।’

सो अवसरमा नेईएले रिसर्च एन्ड डेभलपमेन्ट जनरल पब्लिकेसन कमिटीमार्फत प्राविधिक जनरलसमेत प्रकाशन गरेको छ । जसमा सम्पादकीय नेतृत्व प्रोफेसर डा. विष्णुप्रसाद पाण्डेले गरेका थिए ।

त्यसैगरी नेईएले मेलम्चीमा असार १ गते आएको बाढीले पु¥याएको क्षतिबारे बाढी आउनुको कारण, समाधानका उपायबारे एक अध्ययन टोली पठाएको थियो । सो टोलीले गरेको अध्ययन रिपोर्टसमेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेईएको ३२ औं कार्यसमितिका महासचिव ई. छविराज पोखरेलले दिएका थिए भने कार्यक्रमको सञ्चालन ई. कपिल आचार्यले गरेका थिए ।

Your Opnion

//