इन्जिनियरहरु समाजमा रोल मोडलको रुपमा प्रस्तुत हुनुपर्छ: मन्त्री भुसाल - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियरहरु समाजमा रोल मोडलको रुपमा प्रस्तुत हुनुपर्छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले देशलाई समृद्दिको बाटोमा अघि बढाउन इन्जिनियरको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । इन्जिनियरहरुको सहभागीताबिना जीवनलाई आवश्यक पर्ने सेवा–सुविधा तथा प्रविधि प्राप्ति असम्भव भएको भन्दै उनले समाज रुपान्तरण, राष्ट्रिय विकास र आर्थिक समृद्दिको बाटो कोर्ने र जनताको आवश्यकता र चाहनालाई परिकल्पना गरेर व्यवहारमा उतार्ने काम नै इन्जिनियरहरुको रहेको उनले बताइन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) ले इन्जिनियर दिवसको अवसरमा आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणका लागि सुरक्षित इन्जिनियरिङ पेशा’ विषयक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री भुसालले पूर्वाधार विकासको माध्यमबाट नेपाललाई आर्थिक विकासको पथमा चमत्कारीक फड्को हान्दै देशलाई अल्पविकसितबाट विकसितमा स्तरोन्नति गर्नुपर्ने भएकाले इन्जिनियरहरुको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘चीन, सिंगापुर, मलेसिया जस्ता देशले विकासमा गुणात्मक फड्को मार्नुमा इन्जिनियरहरुको देन छ । वर्तमान परिपेक्षमा यो समुदायको आवश्यकता र भूमिका बढ्दै गइरहेको अवस्थामा इन्जिनियर तथा आर्किटेक्टहरु नै विकासका बहाक हुन् भन्ने कुरामा दुइमत नै छैन ।’

नेपाली समाजमा इन्जिनियर एउटा क्रियाशिल, गतिशिल, सिर्जनशिल र बोद्दिक व्यक्तित्वको रुपमा चित्रित भएको बताउँदै मन्त्री भुसालले बेलाबखत निर्माण कार्य, पूर्वाधार विकास कार्यमा गलत काम गरेवापत इन्जिनियर पनि जोडिने हुँदा इन्जिनियरको छबीमाथि प्रश्न उठ्ने अवस्थासमेत रहेको बताइन् । उनले भनिन्, ‘इन्जिनियरहरुबाट नै देश विकास र आर्थिक समृद्दि हुने भएकाले उहाँहरुले कतै न कतै आत्मसमिक्षा गर्नुपर्छ र आफूलाई समाजमा रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्छ ।’

साथै, उनले एसोसिएसनले पूर्वाधार विकासमा अग्रपंक्तिमा खटिने इन्जिनियर तथा आर्किटेक्टलाई कोरोनाविरुद्दको खोपको व्यवस्था गर्न पत्र दिएको बताउँदै त्यसका लागि आफूले सक्दो पहल गर्नेसमेत बताइन् ।

Your Opnion

//