सडक निर्माणमा इन्जिनियर र ठेकेदार मिलेर रकम हिनामिना गरेको सूचना अख्तियारमा आएपछि... - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

सडक निर्माणमा इन्जिनियर र ठेकेदार मिलेर रकम हिनामिना गरेको सूचना अख्तियारमा आएपछि…

बारपाक सुलिकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

सो गाउँपालिकाको वाड नम्बर ७ स्थित झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणका लागि आर्थिक वर्ष ०७५–७६ मा रकम विनियोजन भएर ठेकेदार अमर गुरुङले सडक निर्माणको काम गरेका थिए ।

सडक निर्माण गर्दा इष्टिमेटअनुसार काम नगरी इन्जिनियर र ठेकेदार मिमेर रकम हिनामिना गरेको भन्दै छानबि गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

छानबिनपछि वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने ३ लाख ६८ हजार ४२० रुपैयाँ बढाएर भुक्तानी गरेको भन्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

उनीहरुले विस्तृत लागत, नापी किताब र कार्यसम्पन्न प्रतिवेदन, गोश्वारा भौचर तयार पारेको तथा निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रालिका अमर बहादुर गुरुङसँगको मिलेमतोमा उक्त बढी रकम भुक्तानी गरेको अख्तियारको दाबी छ ।

नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याई सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको पुष्टि भएकाले उनीहरुलाई बिगो ३ लाख ६८ हजार ४२० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी गरेको छ ।

Your Opnion

//