अमेरिकी आर्किटेक्ट कम्पनीको डिजाइनमा चीनमा बन्यो संसारकै ठूलो खगोलीय संग्राहलय - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Technology

अमेरिकी आर्किटेक्ट कम्पनीको डिजाइनमा चीनमा बन्यो संसारकै ठूलो खगोलीय संग्राहलय

अमेरिकी आर्किटेक्चरल कम्पनी एननिड आर्किटेक्ट्सको डिजाइनमा संसारकै ठूलो खगोलीय संग्राहलय निर्माण भएको छ । उक्त खगोलीय संग्राहलय चीनको सांघाइमा बनेको हो ।

नयाँ स्मारक समेत भनिएको उक्त संग्राहलय आगामी जुलाई १८ देखि सञ्चालनमा आउने बताइएको छ । आर्किटेक्टहरूले सीधा रेखाबिना उक्त संग्राहलयको डिजाइन गरेका छन् ।

ब्रम्हान्ड र खगोलीय गतिविधिबारे जानकारी दिने र रिसर्च गर्ने उद्देश्यले उक्त संग्रालयको निर्माण गरिएको हो । करिब ३९ हजार वर्ग क्षेत्रफलमा फैलिएको उक्त संग्राहलय सांघाइ साइन्स एन्ड टेक्नोलोजी म्युजियमको नयाँ शाखा हो भने संसारकै ठूलो संग्राहलय हो ।

उक्त संग्राहलयमा प्रयोग गरिएको आर्किटेक्चरल डिजाइनमार्फत ओकुलस, डोम र स्फेयर गरी आर्किटेक्चरल सिद्धान्तका मुख्य तीनवटा विषयवस्तुको व्याख्या गरिएको बताइएको छ । जसमार्फत खगोलीय उपकरणले सूर्य, चन्द्रमा र ताराहरूको गतिविधि अध्ययन गर्न र हेर्न सकिने बताइएको छ । –एजेन्सी

Your Opnion

//