माथिल्लो तामाकोशी दोस्रो टर्वाइनको विद्युत् उत्पादन यसै साताबाट हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

माथिल्लो तामाकोशी दोस्रो टर्वाइनको विद्युत् उत्पादन यसै साताबाट हुने

साङकेतिक

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । स्वदेशी लगानीमा निर्मित आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार असार २१ गते उद्घाटनसँगै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ७६ मेगावाट बिजुली पूरा परीक्षणपछि शुक्रबार जोडिएको हो । यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

भदौ अन्त्यसम्ममा छवटै टर्वाइनबाट उत्पादित ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तीव्र रूपमा काम भइरहेको छ । नेपालकै दोस्रो ठूलो २२० र १३२ केभी देवीटार सबस्टेसन (न्यु खिम्ती सबस्टेसन) हुँदै तामाकोसीको ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण सञ्जालमा जोडिने आयोजनाको भनाइ छ ।

गोंगरदेखि उक्त सबस्टेसनसम्म ४७ किमी २२० केभी डबल सर्किट प्रसारण लाइन तानिएको छ । यसका लागि १२७ वटा ट्रान्समिसन टावर निर्माण गरिएका छन् । हाल ५५ रोपनी जग्गामा बनेको सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिन्छ । सम्भाव्यता अध्ययनदेखि उद्घाटनसम्मको यात्रा पूरा गर्न आयोजनालाई करिब २० वर्ष लाग्यो ।

Your Opnion

//