यस्ता छन्, सरकारले सार्वजनिक गरेको नेपाली ढाँचाको परम्परागत भवनका ७ नमुना डिजाइन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

यस्ता छन्, सरकारले सार्वजनिक गरेको नेपाली ढाँचाको परम्परागत भवनका ७ नमुना डिजाइन

नेपाली ढाँचाको परम्परागत भवनका विभिन्न ७ वटा नमुना डिजाइन सरकारले सार्वजनिक गरेको छ । भवन तथा आवासहरु निर्माण गर्दा अधिकतम रुपमा परम्परागत मौलिकता झल्कने खालका डिजाइनहरु प्रयोग गर्न ७५३ स्थानीय तहलाई परिपत्र समेत गरिएको छ ।

नमुना डिजाइनअनुसार १ तलेदेखि साढे २ तलेसम्मका भवन तथा आवासहरु बनाउन सकिनेछ । सरकारले मौलिकता झल्किनेगरी पुरानो शैलीमा घर बनाउनेलाई सहुलियत समेत दिनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ममुना डिजाइन स्थानीय स्रोत र साधनबाट बनाउन सकिने खालका रहेका छन् । जसमा उपलब्धताको आधारमा ढुंगा र इँटा दुवैको प्रयोग गर्न सकिने छ ।

स्थानीय तहलाई गरिएको परिपत्रमा सकेसम्म घरको सबै भाग र नभए पनि अघिल्लो मोहोडा नेपाली वास्तुशैलीसँग मिल्दोजुल्दो बनाउने व्यवस्था गर्न आग्रह गरिएको छ ।

गाउँगाउँमा लोप हुन लागेको नेपाली रैथाने वास्तुकलाको संरक्षणका लागि यस्तो पहल गरेको मन्त्रालयले जनाएको छ । स्थानीय नेपाली वास्तुकला झल्कने, प्राचीन सांस्कृतिक कला र संस्कृतिको प्रवर्द्धन हुने गरी नयाँ नक्सा पास गर्ने व्यवस्था मिलाउन परिपत्रमा आग्रह गरिएको छ ।

हेर्नुस्, नमुना डिजाइन

https://drive.google.com/file/d/1a-0rW4VBwY2bXR75LyGrmVFkNBpXDOio/view

Your Opnion

//