वर्ष दिन नपुग्दै भत्कियो प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पुल - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

वर्ष दिन नपुग्दै भत्कियो प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पुल

राम्ती नदीमा निर्मित राप्ती पुल भत्किएको छ । दाङको देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने गरी निर्माण गरिएको उक्त पुल बुधबार राप्ती नदीमा आएको बाढीले भत्काएको हो ।

पुलमा नदीले क्षति पुर्‍याएपछि यातायात आवागमन अवरुद्ध भएको छ । उक्त पुल राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

महदेवातर्फ १५–२० मिटर सडक बाढीले बगाएकाले बुधबार बिहानबाट यातायात आवागमन अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तत्काल मर्मत गर्न नेपालगन्जस्थित पुल विभागलाई अनुरोध गरिएको छ ।

राप्ती नदीमाथिको उक्त पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए । उक्त पुल एएनके लुम्बिनी वाईपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको थियो ।

Your Opnion

//