इन्जिनियरहरूले दिन रात ड्युटी गर्नुपर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

इन्जिनियरहरूले दिन रात ड्युटी गर्नुपर्ने

मनसुनअघि नै जलाधार तथा ढल निकास सम्बन्धी सुधार कार्य तीव्र रूपमा सम्पन्न गर्न नयाँ दिल्लीको सार्वजनिक कार्य विभाग (पिडब्ल्यूडी)ले इन्जिनियरहरूलाई दिन रात ड्युटी गर्न आग्रह गरेको छ । ढल निकास र जलाधार अनियन्त्रणका कारण अनपेक्षित क्षति हुन नदिन विभागले इन्जिनियरहरूलाई उक्त आग्रह गरेको हो ।

‘इन्जिनियरहरूको मुख्य जिम्मेवारी भनेको शहरी क्षेत्रको जलाधार तथा ढल निकास सुधार सम्पन्न गर्नु पनि हो,’ विभागीय प्रमुख इन्जिनियर शशी कान्तले भनेका छन्, ‘गत हप्ता नै हामीले विभिन्न क्षेत्रमा अवलोकन गरेका छौं । जहाँ थुप्रै समस्याहरू देखिएका छन् । लक्षित समयमा काम सम्पन्न नहुने देखिन्छ । त्यसैले मनसुनअघि नै यी समस्या सुधार गर्न सकेमा हामीले क्षतिबाट बच्न सक्छौं ।’

समस्या देखिएका क्षेत्रहरूमा इन्जिनियरहरूले आ–आफ्नो समूह बनाएर दिन रात मर्मत सम्भारमा खटिनुपर्ने पनि विभाग प्रमुख ई. कान्तले बताएका छन् ।

उनकाअनुसार गत वर्ष शहरी क्षेत्रका जलाधार क्षेत्र र ढल निकासी कार्य सुधारमा ढिलाई हुँदा शहरका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको थियो । त्यसैले यस वर्ष भने मनसुन अगावै सम्पूर्ण मर्मत सम्भारका कार्य सम्पन्न गर्न सबै इन्जिनियरहरूले दिन रात काम गर्नुपर्ने छ । दिन रात गरिने काम भने सिफ्ट अनुसार तोकिनेछ ।

पिडब्लयूडीका अनुसार शहरभित्रका विभिन्न १७ डिभिजनमार्फत मर्मत सम्भार कार्य चलिरहेको छ । हालसम्म २ हजार ५० किलोमिटर ढल निकास तथा जलाधार मर्मत सम्भार सम्पन्न भइसेको छ भने १ हजार २ सय ६० किलोमिटर भने बाँकी छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

लकडाउनअघि नै मर्मत सम्भार कार्य सम्पन्न भए पनि कामदार अभावले उक्त कार्य सम्पन्न भएको थिएन । केही दिनभित्र बाँकी कार्य सम्पन्न गर्न इन्जिनियरहरू स्वयंले दिन रात खटिनुपर्ने विभाग प्रमुख ई. कान्तले बताएका छन् ।

सामान्यतया भारतमा हरेक वर्ष जुन २७ देखि मनसुन सुरु हुने गर्छ । यस वर्ष भने जुलाई ८ देखि मनसुन सुरु हुने इन्डिया मौसम विभागले जनाएको छ । –एजेन्सी

Your Opnion

//