वल्र्डलिंकका कम्प्युटर इन्जिनियर अवधराम– जो जागिर छाडेर कपिलवस्तुमा गाईपालन गर्दैछन् - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Feature

वल्र्डलिंकका कम्प्युटर इन्जिनियर अवधराम– जो जागिर छाडेर कपिलवस्तुमा गाईपालन गर्दैछन्

‘नेपाल कृषि प्रधान देश भएकोले हरेकको जीवनस्तरको विकास कृषि कर्मबाट नै हुन्छ भन्ने मेरो मान्यता छ । अर्थात् सबैको जीवनस्तर विकास हुनु भनेको समग्र देशको विकास हुनु हो । त्यसैले मैले कृषि पेसाबाटै आफ्नो जीवनस्तर र देश विकासमा केही योगदान गर्न सक्छु कि भनेर कृषि पेसा अँगालेको हुँ,’ यो भनाइ हो, कम्प्युर इन्जिनियरिङको जागिर छोडेर गाईपालनमा लागेका ई. अवधराम थारूको ।

कपिलवस्तुको बारगंगा नगरपालिका–११ मैरीगाउँका अवधराम २०७६ चैत १ गतेदेखि व्यावसायिक रूपमा गाईपालन थालेका हुन् । इन्जिनियरिङ पेसाबाट लाखौं आम्दानी गरिरहेका थारूलाई अफिसको काम मात्र  मेसिन जस्तैः महसुस् भयो । जीवनमा सानै भए पनि समग्र देशको विकासमा योगदान पुर्‍याउन कृषि पेसा नै मुख्य रहेको बुझेका अवधराम कृषितिर आकर्षित भएको बताए । ‘बिहान अफिस गयो, साँझ फर्कियो । खायो, सुत्यो । यो एउटा रुटिन जस्तै भएपछि कुनै जन्जीरमा बाँधिए जस्तै महसुस भयो । त्यसपछि मैले कृषि पेसा अँगाले,’ यो कुरा भनिरहँदा उनले मुस्कुराउँदै भने, ‘गाईपालनमा त आफू स्वतन्त्र भएर काम गर्न सकिन्छ । अनि कृषि क्षेत्रबाट देशको विकासमा पनि केही योगदान पुर्‍याउन सकिन्छ । म अहिले निकै खुशी छु ।’

जागिर गर्ने शिलशिलामा यस्तै अनेकन प्रश्नहरू मनमा खेलिरहेका बेलामा उनी भित्रभित्रै गाईपालन गर्ने सोच बनाइसकेका थिए । यसबारे गहिरो ढंगले बुझ्न उनी सोही विषयसँग सम्बन्धित विभिन्न आर्टिकललगायत अन्तर्वार्ता हेर्न थालेका थिए । एक दिन उनको अफिसले सफ्टवेयर डेभलपमेन्टका लागि साउथ अफ्रिका पठाउने जानकारी दियो । अफ्रिका गएका बेला उनले संयोगबस त्यहाँ आधुनिक डिजाइनको गाई फार्म हेर्ने मौका पाए । उनलाई ‘के खोज्छस् कानो आँखा’ भने झैं भयो । त्यहाँका ठूल्ठूला आधुनिक फार्म देखेपछि उनी छक्क परे । ‘यहाँबाट फर्किने बित्तिकै गाईपालन सुरु गरिहाल्नुपर्छ’ भन्ने मनमा हुटहुटी जाग्यो,’ उनले इन्जिनियर्स पोस्टलाई सुनाए, ‘अफ्रिकाको विकास हुनुमा कृषि क्षेत्रकै ठूलो योगदान रहेछ । त्यहाँका गाई फार्म देखिपछि म त छक्क परेँ । प्रोफेसनल रूपमा यसरी पनि गाई पाल्न सकिने रहेछ भन्ने लाग्यो ।’ उनले थपे, ‘त्यहाँको सबै दृश्य देखेपछि नेपाल फर्किने बित्तिकै काम सुरु गर्छु भनेर म पूर्ण रूपमा ढुक्क भएँ । र सुरु गरेँ ।’

अनि मैले राजीनमा दिएँ

अवधराम सन् २००९ मा भारतबाट कम्प्युटर इन्जिनियरिङको पढाइ सकेर नेपाल फर्किए । त्यसलगत्तै उनी कामको खोजीमा लागे । काठमाडौं आएर वल्र्डलिंकमा कम्प्युटर इन्जिन्यिरका रूपमा काम पाए । त्यसपछि उनी एकपछि अर्को कम्पनीमा स्थान पाउन थाले । उनले त्यो अुनभव सम्झिँदै भने, ‘वल्र्डलिंकमा केही समय काम गरेपछि मलाई आईसीएस, हाइट्रालगायत का चर्चित कम्पनीहरूमा पनि काम गर्ने मौका मिल्यो । मैले महिनाको लाखभन्दा बढी तलब पाउँथे । तर, मलाई काममा खासै सन्तुष्टि भएन ।’ काम गर्दागर्दै सधैं एउटै रुटिन भएपछि उनी राजीनामा दिएर कृषि पेसामा लाग्ने सोच बनाएको बताए । उनले भने, ‘जीवनमा जागिरबाहेक धेरै थोक गर्नुपर्छ भन्ने लागेर राजीनामा दिएको हुँ ।’ धेरै कृषकहरूको अन्तर्वार्ता हेर्दा प्रायःले अरूको जग्गा लिजमा लिएर त गाईपालन गरिरहेका रहेको देखेपछि यसले उनलाई झनै हौसला बढायो । उनले इन्जिनियर्स पोस्टलाई भने, ‘मेरो त आफ्नै प्रशस्त जमिन छ, यो झनै मेरा लागि झनै खुशीको कुरा हो भनेर मैले धेरै अध्ययन अनुसन्धान र सोचविचारपछि जागिर छोडेर कृषि पेसामा लागेको हुँ ।’

एउटा गाईबाट सुरु गरेँ

अफ्रिबाट नेपाल फर्केको केही समयपछि उनी करिब ५ लाखको गोठ बनाए । सुरुमा उनले एउटा गाईबाट गाईपालन सुरु गरे । उनले १ लाख १५ हजारमा एउटा होलिस्टिन जातको गाई ल्याए । अहिले एउटा गाईबाट ८ वटा भइसकेका छन् । ‘मैले करिब ५ लाख लगानीमा गोठ बनाएँ र सुरुमा एउटा मात्रै गाईबाट व्यवसाय सुरु गरेँ,’ थारूले भने, ‘मैले अरू गाई नथपेर यिनीहरूबाट उत्पादन गरे बढाउने विचार गरेको छु । अहिले ८ ओटा भईसकेका छन् ।’

सुरुमा एउटा मात्र गाई पालेर उनले त्यसलाई भरपूर प्राक्टिकल सामग्री बनाए । त्यसबाट उनले गाईले दिनमा कति खान्छ, कति पानी पिउँछ । कति मात्रामा खान्छ भन्ने पत्ता लगाए । यसपछि उनले विस्तारै गाईको संख्या बढाउँदै लगिरहेका छ । अवधरामले गाईपालन गर्नुको मुख्य उद्देश्य दूध उत्पादन नभई बच्चा उत्पादन गर्नु हो । यद्यपि, अहिले उनी दूधबाट पनि फाइदा लिइरहेका छन् । थारूले भने, ‘मैले गाईपालन दूध उत्पादनका लागि नभई ब्रिडिङ अर्थात् बच्चा उत्पादनका लागि गरेको हुँ । तर, अहिले दूध उत्पादन पनि भइरहेको छ ।’ व्यवसाय र गाईको संख्या एकैचोटी नभई विस्तारै विस्तारै बढाउँदै लैजाने उनको योजना छ । ब्रिडिङका लागि पाले पनि यसले दिनमा ५० लिटर दूध पनि दिइरहेको छ ।’

गोठ डिजाइन गर्ने शिलशिलामा उनले नेपालमा धेरै गाई फार्म अवलोकनसमेत गरेको बताए । उनले भने, ‘खोरलाई भने मैले एकदमै ध्यान दिएर बनाएको छु । प्रायः नेपालमा बनेका फार्म ‘हाउडी सिस्टम’ को छ । तर, मैले एकदमै अग्लो र सकेसम्म लेबरको आवश्यकता नपर्ने खालको डिजाइन गरेको छु ।’ उनले डिजाइन गरेको गोठमा १२ घण्टाका दाना हालेपछि चेक गरिरहनु पर्दैन अटोमेटिक त्यो चल्छ र पानी भने चेक गर्नु जानुपर्छ ।

‘समय मिलाएर इन्जिनियरिङको काम पनि गर्छु’

कृषि पेसामा रमाइरहेका थारू कहिलेकाहीँ भने सफ्टवेयर डिजाइनको काम पनि गर्ने गर्छन् । उनले भने, ‘म पूर्ण रूपमा गाईपालनमा लागे पनि फुर्सदको समयम कम्प्युटर इन्जिनियरङको काम गरिरहेको छु । दिनभरि फुर्सदको सयमा विभिन्न कम्पनीसँग मिलेर सफ्टवेयर को डिजाइनको काम गर्ने गर्छु,’ उनले सिकेको सीपलाई कहाँ खेर जान दिइन्छ र भन्दै ठट्यौली पारामा मुस्कुराउँदै भने, ‘३ घण्टा बिहान र ३ घण्टा साँझ कृषिमा समय दिए पनि दिउँसोको खाली समयमा किताब पढ्ने, सफ्टवेयर डिजाइनको काम पनि गरिरहेका हुन्छु । अर्थात् कम्प्युटर इन्जिनियरिङलाई चटक्कै छोडेको छैन ।’

जन्म, बाल्यकाल र शिक्षा

अवधराम कपिलवस्तुको बारगंगा नगरपालिका–११ मैरीगाउँ भन्ने ठाउँमा २०३० सालमा जन्मेका हुन् । उनी कक्षा ३ सम्मको पढाइ घरबाट ३ किलोमिटर टाढा रहेको हेमराज माध्यमिक विद्यालयबाट गरे । त्यसपछि कक्षा ४ बाट काठमाडौंको बालाजुस्थित सिद्धार्थ बनस्थली माध्यमिक विद्यालयबाट एसएलसीसम्म पढे । उनी त्यहाँ होस्टेलमा बस्थे ।

एसएलसीमा प्रथम श्रेणीमा पास भएपछि उनका बुवाले उनलाई आइएससी पढ्न भारतको दिल्ली पठाए । त्यहाँ पनि उनी राम्रो अंक ल्याएर पास भए । त्यसछि उनलाई मेडिकल पढ्न मन थियो । तर, इन्ट्रान्समा नाम ननिस्केपछि उनी इन्जिनियरिङ पढ्ने सोच बनाए । उनले भने, ‘मेरो नाम मेडिकलको इन्ट्रान्समा ननिस्किेपछि मलाई प्रविधिको जामाना आइरहको बेला कम्प्युटर इन्जिनियरिङ पढ्ने सोच बनाएँ । ‘जामिया मिलिया नामिया’ बाट उनी वि.सं.२०६० मा ४ वर्षे बीई सके । त्यसपछि नेपाल आएर विभिन्न कम्पनीहरूमा काम गरे । हाल उनी सबै जागिर छोडेर आफ्नै गाईपालन व्यवसायमा लागेका छन् ।

Your Opnion

//