बाढीले जलविद्युत आयोजनामा १० अर्बको क्षति - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

बाढीले जलविद्युत आयोजनामा १० अर्बको क्षति

अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु हुन सकेका छैनन् ।

अविरल वर्षा र बाढीका कारण मादी मस्र्याङ्दी र दोर्दी करिडोरमा रहेका आयोजनाहरू बढी प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ (इप्पान) का अनुसार डेढ दर्जन आयोजनाले प्रत्यक्ष क्षति बेहोरेका छन् । बन्दाबन्दी मौसमी प्रतिकूलताका कारण कतिपय आयोजना स्थलमा नै पुग्न सक्ने अवस्था नहुँदा वास्तविक क्षतिको विवरण लिन समस्या परेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

बाढीले सञ्चालनमा रहेका आयोजनाका बाँध, विद्युत् गृहमा समेत क्षति पुगेका कारण त्यस्ता आयोजनाको विद्युत् उत्पादन नै ठप्प छ भने कतिपय प्रसारण लाइन टुट्दा विद्युत् उत्पादन नै स्थगित गर्नुपरेको छ । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको अपर मादी, १३ मेगावाटको सिम्ले र १२ मेगावाटको नागार्जुन जलविद्युत् अयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसबाहेक राष्ट्रिय प्रणालीमा नजोडिएका केही आयोजना पनि अहिले ठप्प छन् ।

बाढीकै कारण प्राधिकरण मातहतका काली गण्डकी ए, मस्र्याङ्दी, मध्य मस्र्याङ्दीलगायतका आयोजना केही समय बन्द रहे पनि अहिले उत्पादन सुचारु भइसकेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । ‘पानीको बहाव घटेपछि हाम्रा आयोजना पूर्ण क्षमतामै सञ्चालनमा फर्किएका छन् तर केही निजी प्रवद्र्धकका केही आयोजनाबाट विद्युत् आपूर्ति हुन सकिरहेको छैन,’ उनले भने, ‘कतिपय मर्मतसम्भारका लागि लामो समय लाग्छ भन्नुभएको छ ।’

बाढीका कारण इन्द्रावती तेस्रो ७.५ मेगावाट, राधी ४ मेगावाट, मिदिम करापु ३ मेगावाट, घलेम्दी ५ मेगावाट, तल्लो मोदी १० मेगावाट, मद्क्यु खोला १३ मेगावाटलगायतका साना आयोजना पनि बन्द हुन पुगेको जनाइएको छ ।

निर्माणाधीन कतिपय आयोजनासमेत प्रभावित हुँदा प्रवद्र्धकहरूले क्षति बेहोर्नु परेको आचार्यको भनाइ छ । गण्डकी र बागमती प्रदेशमा रहेका आयोजना अधिकांश प्रभावित भएका छन् । प्रसारण लाइन बिग्रँदा कैयौँ आयोजनाको बिजुली खेर गइरहेका कारण पनि क्षति भएको छ ।

यो समाचार गोपालचन्द्र सुवेदीले गोरखापत्रमा लेखेका छन् ।

Your Opnion

//