निषेधाज्ञा खुकुलो– सवारीमा जोर–बिजोर, पसल पनि बारअनुसार खोल्न पाइने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

निषेधाज्ञा खुकुलो– सवारीमा जोर–बिजोर, पसल पनि बारअनुसार खोल्न पाइने

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

तर, निषेधाज्ञा भने खुकुलो बनाइएको छ । बार अनुसार पसल खोल्न पाइने छ भने निजी सवारी साधनहरु पनि जोर–बिजोर प्रणालीअनुसार संचालन हुनेछन् । ट्याक्सीहरूलाई पनि जोर–बिजोर अनुसार चल्न पाउनेछन् ।

त्यस्तै, आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल खोल्न पाइनेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइनेछ । यसरी बारअनुसार खुलने पसलहरु बिहान ११ देखि साँझ ४ बजेसम्म खुल्नेछन् ।

खाद्यान्न, किताब, फलफूल र तरकारी पसल हरेक दिन बिहान ११ बजेसम्म खुल्नेछन् भने निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

Your Opnion

//