मेलम्ची र हेलम्बु बाढीको प्राविधिक अध्ययन गर्न इन्जिनियर्स एसोसिएसनले बनायो विज्ञ टोली - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

मेलम्ची र हेलम्बु बाढीको प्राविधिक अध्ययन गर्न इन्जिनियर्स एसोसिएसनले बनायो विज्ञ टोली

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भएको क्षतिको प्राविधिक अध्ययनका लागि नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) ले एक विज्ञ टोली गठन गरेको छ । सो टोलीले क्षतिको प्राविधिक तवरले विश्लेषण गरेर प्रतिवेदनसमेत तयार पार्नेछ ।

नेईएले स्थलगत अध्ययनका लागि ई. प्रा. डा. विश्णु प्रसाद पाण्डे संयोजक रहेको २१ सदस्यीय विज्ञ टोली गठन गरेको हो । जसको सदस्य सचिवमा ई. प्रताप सावकोटा रहेका छन् । टोलीमा इन्जिनियरसहित आर्किटेक्टहरु पनि छन् ।

स्थलगत अध्ययन र विश्लेषणबाट आएको निस्कर्ष नेईएले प्रतिवेदनको रुपमा सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गर्नेसमेत जनाएको छ ।

यस्तो छ नेईएको वित्र टोली

Your Opnion

//