आइतबारको सेयर बजार– सबैभन्दा बढी कमाउने र गुमाउने दुवैमा हाइड्रोपावर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

आइतबारको सेयर बजार– सबैभन्दा बढी कमाउने र गुमाउने दुवैमा हाइड्रोपावर

सेयर बजारमा आइतबार ६३ अंकको गिरावट आएको छ। यसअघि ५२ अंकले घटेको बजार आइतबार ६३ अंकले घटेर २ हजार ९०५ बिन्दुमा रोकिएको छ। हो।

२३१ कम्पनीको २ करोड ७३ लाख कित्ता सेयर एक लाख २४ हजार पटक किनबेच हुँदा ५ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ।

सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर मूल्य ५ प्रतिशतले बढेको छ। नेशनल र रुरु हाइड्रोपावरको सेयर मूल्य ३–३ प्रतिशत बढेको छ ।

सर्वाधिक मूल्य घट्नेमा युनियन हाइड्रोपावर रहेको छ । उसको सेयर मूल्य करिब १० प्रतिशतले घट्दा घटेको छ । त्यस्तै, इन्भेष्टमेन्ट कम्पनी, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ८–८ प्रतिशतले घटेको छ।

निर्जीवन बीमा समूहमा २८० अंकको गिरावट आएको छ भने विकास बैंक, हाइड्रोपावर र लघुवित्त समूहमा पनि १०० देखि १६५ अंक सम्मको गिरावट आएको छ।

Your Opnion

//