दाङमा अन्डरग्राउन्डसहित निर्माणाधीन नाचघर भत्कियो, बनेको थियो विवादित - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

दाङमा अन्डरग्राउन्डसहित निर्माणाधीन नाचघर भत्कियो, बनेको थियो विवादित

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय घोराही दाङले निर्माण थालेको नाचघर भत्किएको छ ।

सामाजिक संजालमा आएको तस्बिरमा दर्शकदीर्घा र शौचालय भत्किएको देखिन्छ । डिपीआरअनुसार प्रत्येक सिट बनाउन ०.९ मिटर आरसीसी पिल्लर १.८ मिटरको फरकमा राखेर बीचको भागमा इँटाको वाल लगाइ माथिबाट आरसीसी गरी फ्याग स्टोन बिछ्याउनु पर्ने थियो । ट्रस एनालाइज गरेर बनाउनुपर्ने उक्त सिटको तौल ३५०० केजी र टाढाबाट टिनजस्तो देखिने छानो स्टोन कलर कोटेट मटेरियरबाट बनाउनुपर्ने थियो ।

नाचघरको संरचना सामान्य भएको र लागतअनुसारको संरचना नबनेको भन्दै यसअघि सामाजिंक संजालमा प्रश्न उठाइएको थियो । तर, यस विषयमा इन्जिनियर कमनसिंह जिसीले प्रष्ट पारेका थिए । यो नाचघरलाई पर्यटकीय गन्तब्यका रुपमा पनि लिइएको थियो ।

नाचघर आर्थिक वर्ष २०७६–७७ र ०७७–७८ मा १ करोड ५० लाख रुपैयाँमा ठेक्का लगाएर ९७ लाख ७० हजार रुपैयाँमा कबोल गरेर सत्यम कन्स्ट्रक्सनले निर्माण थालेको हो । जसको अधिकांश निर्माण कार्य सम्पन्न भएको थियो ।

भिरालो जमिनमा दुई तला अन्डर ग्राउण्डसहितको आरसीसी स्टक्चरमा सो भवन निर्माणको डीपिआर भएको थियो । जसमा पहिलो तला ३.७ मिटर अग्लो सेअर वालसहित जमिनको लेवल मिलाउन उठाइएको छ भने ३ मिटर अग्लो दोस्रो तलामा अट्याच बाथरूमसहितको दुई ओटा लेडिज एण्ड जेन्स ड्रेस चेञ्ज रूम थिए ।

दोस्रो तलामा जान मञ्चबाट स्टिल रेलिंगसहितको आरसीसी भर्याङ बनाइएको थियो । मान्छे नखसोस भनेर ड्रेस चेञ्ज रूमको बाहिर वरिपरी स्टिल रेलिंग लगाइएको थियो । भवनको अगाडिपट्टी भिरालो जमिनमा माटो भरेर बस्ने सिट बनाउन करिब ६.५ मिटर उचाइ र २३ मिटर लम्बाइको रिटेनिंग वाल छ र मञ्चको दाँयाबाँया करिब ४.८ मिटर उचाइ र १०–१० मिटर लम्बाइको रिटेनिंग वाल बनाइएको थियो ।

Your Opnion

//