इन्जिनियरिङ क्षेत्रमा अर्को सफलता– जटिल इन्जिनियरिङ विधिमार्फत तटिय क्षेत्रमा बस्यो बस्ती - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

इन्जिनियरिङ क्षेत्रमा अर्को सफलता– जटिल इन्जिनियरिङ विधिमार्फत तटिय क्षेत्रमा बस्यो बस्ती

कन्सल्टिङ इन्जिनियर विल रुड डेभिडसन (एडिङवर्ग)ले एक जटिल इन्जिनियरिङ कार्य सम्पन्न गरेका छन् । स्कटल्याण्डको डम्बर्टन हार्वर प्रान्तमा अवस्थित करिब २ सय घरका बासिन्दाहरुको तटिय क्षेत्रसम्म पहुँच पुर्याउनका निम्ति १५० वर्षमा पहिलो पटक परियोजना सम्पन्न छ ।

डेभिडसनको समूहले तटिय क्षेत्रको रिभर लिभेनमा ब्यालेन्टीन ह्विस्की डिस्टिलेरी कार्य थालेका थिए । डेभिडसनकाअनुसार १८ औं र १९ औं शताब्दीदेखि उक्त साइटमा विभिन्नखाले जटिल चुनौतिहरु कायम थिए ।

१५० वर्षपछि पहिलो पटक जटिल इन्जिनियरिङ विधिमार्फत सम्पन्न गरिएको नयाँ साइट कुलरसले निर्माण गरेको हो । जसले लण्डनको तटिय क्षेत्र डनब्रिटोन हाउजिङ एसोसिएसनका लागि उच्च गुणस्तरिय १५० घर र वेस्टर्न डनबर्टोनशायर काउन्सिललाई ४५ घर उपलब्ध गराएको छ ।

उक्त परियोजनाका डिजाइनर एवम् प्रमुख इन्जिनियर विलले भनेका छन्, ‘निकै गम्भीर अवस्थामा रहेको साइटलाई जटिल इन्जिनियरिङ विधिमार्फत सहज अवस्थामा फर्काउन सकिने रहेछ भन्ने यो गतिलो उदाहरण हो । प्राचिन समयदेखि भग्नावशेष मात्र बाँकी रहेको र यहाँ भएको फोहोर हटाएर हामीले ठूलो मेहेनत गरेका छौँ । हाल यस तटिय क्षेत्रलाई १५० वर्षपछि पहिलोपटक आवाशीय क्षेत्रमा विकास गर्न सफल भएका छौँ । यसले डुम्बार्टनको पूर्वाधारमा ठूलो सुधार पुर्याउनेछ भने शहरी केन्द्रसम्म जोड्नेछ ।’

उनकाअनुसार इन्जिनियरिङ विधिअनुसार साइट र प्राचिन समयमा प्रयोग भएको स्थानको कारण यो निकै जटिल एवम् चुनौतिपूर्ण हाउजिङ परियोजना थियो । हामीले जटिल इन्जिनियरिङ विधि प्रयोग गरेर यस तटिय क्षेत्रमा २०० घर र कार्यालय बनाउन सफल भएका छौँ । –एजेन्सी

Your Opnion

//