को हुन्, मेलम्चीको बाढीले ज्यान गुमाएका मेलम्ची आयोजनामा कार्यरत इन्जिनियर कमल ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

को हुन्, मेलम्चीको बाढीले ज्यान गुमाएका मेलम्ची आयोजनामा कार्यरत इन्जिनियर कमल ?

बुधबार सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा प्रोजेक्ट म्यानेजरको रुपमा कार्यरत कमल लोचन महतोको निधन भयो ।

भारतीय, चिनियाँ र नेपाली इन्जिनियर तथा प्राविधिकहरुको टोली बस्दै आएको क्याम्प बाढीले बगाउँदा ८ जना इन्जिनियर तथा प्राविधिक सम्पर्कबिहीन भएका थिए । उनीहरुमध्ये लोचनसहित अन्य दुई चिनियाँको शव खोलामा भेटिएको थियो । महतोको शव सुनकोशी गाउँपालिका ७ कालढुङ्ग्रेस्थित नदी किनारमा फेला परेको थियो ।

३२ वषीय लोचन भारतको झारखण्डको हल्दीपोखरी गाउँ निवासी हुन् । उनी मेकानिकल इन्जिनियर हुन् । भारतमा उनको मृत्युको खबर सबैतिर फैलिएको छ र यतिबेला उनको परिवारका सदस्य शोकमा छन् ।

उनी भारतको प्रेसेजियन इन्फ्राटेक लिमिटेड (पीआइएल) मा बरिष्ठ इन्जिनियरको पदमा कार्यरत थिए । यो कम्पनी ठूला नदीमा बाँध बनाए विद्युत् उत्पादन कार्यमा क्रियाशील छ । कम्पनीले पछिल्लो समय नेपालमा महतोको नेतृत्वमा मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेको थियो ।

महतो अविवाहित थिए । उनको परिवारमा आमा र दुई दाइ–भाइ छन् । बुबा भने केही वर्ष पहिला वितेका थिए । महतो यसअघि ६ महिनापछि भारत गएर २० दिनको घर विदा मनाएर नेपाल फर्किएका थिए । उनी फोटोग्राफीको पनि सौखिन थिए ।

उनको मृत शरीरलाई शुक्रबार झारखण्ड लैजाने तयारी गरिएको छ । पीआइएलमार्फत उनको परिवारले आफूहरुले परिवारको एक सदस्य गुमाएको सूचना पाएका थिए ।

Your Opnion

//