मेलम्ची खानेपानी आयोजनामा कार्यरत प्रोजेक्ट म्यानेजर इन्जिनियरसहित ३ जनाको शव भेटियो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

मेलम्ची खानेपानी आयोजनामा कार्यरत प्रोजेक्ट म्यानेजर इन्जिनियरसहित ३ जनाको शव भेटियो

निरन्तरको वर्षापछि आएको बाढीका कारण बुधबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना इन्जिनियर तथा प्राविधिकहरु हराएका थिए । बिहीबार उनहरुमध्ये ३ जनाको शव भेटिएको छ ।

भारतीय, चिनियाँ र नेपाली इन्जिनियर तथा प्राविधिकहरुको टोली बस्दै आएको क्याम्प बाढीले बगाउँदा ८ जना इन्जिनियर तथा प्राविधिक सम्पर्कबिहीन भएका थिए । तीमध्ये ३ चिनियाँ, ३ भारतीय र दुई नेपाली थिए ।

बिहीबार मेलम्ची खानोपानी आयोजनामा प्रोजेक्ट म्यानेजरको रुपमा कार्यरत मेकानिकल इन्जिनियर कमल लोचन महतोको शव भेटिएको साइट इन्जिनियर शेखर खनालले इन्जिनियर्स पोस्टलाई जानकारी दिए । उनी भारतीय नागरिक हुन् ।

उनका अनुसार चिनियाँ टोलीले आफ्ना दुई साथीहरुको शव भेटेको जानकारीसमेत दिएको छ । तर, आफूले उनीहरुको शव भने हेरिनसकेको उनको भनाइ छ । उनले भने, ‘कमल सरको शव मैले आफ्नै आँखाले देखेँ । निकै पीडा भयो । चिनियाँ टोलीबाट पनि दुई जनाको शव भेटिएको खबर आएको छ । तर, अझै म ती शव भए ठाउँमा भने पुगेको छैन ।’

महतोको शव सुनकोशी गाउँपालिका ७ कालढुङ्ग्रेस्थित नदी किनारमा फेला परेको थियो । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको समेत खनालले जानकारी दिए ।

अपडेट

मत्यु हनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु रहेको खुलेको छ । गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको हो

Your Opnion

//