मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना इन्जिनियर तथा प्राविधिकहरु सम्पर्कबिहीन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना इन्जिनियर तथा प्राविधिकहरु सम्पर्कबिहीन

निरन्तरको वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकको जनजीवन यतिबेला प्रभावित बनेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० जनाभन्दा बढी मानिसहरु हराइरहेको आशंका गरिएको छ । तर, संचार सुत्रसमेत अवरुद्द हुँदा एकीन विवरण आउन भने बाँकी छ ।

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पनि क्षति पुगेको छ भने त्यहाँ कार्यरत इन्जिनियर तथा प्राविधिकहरु हराइरहेका छन् । भारतीय र चिनियाँ इन्जिनियरहरुको टोली बस्दै आएको अम्बाथानको क्याम्प बाढीले बगाउँदा ८ जना इन्जिनियर तथा प्राविधिक सम्पर्कबिहीन भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले इन्जिनियर्स पोस्टलाई जानकारी दिए ।

सम्पर्कबिहीन हुनेहरुमा कमल लोचन महतो, बिजय बासुमन्त्रीय, गान्दो बासुमन्त्रीय, सुन यू चुन, यू ताइ च्छु, गोंस टाङसाइयो लगायतका रहेका छन् । हराउने अन्य दुई भने नेपाली हुन् । उनीहरुको खोजि कार्य जारी रहे तापनि हालसम्म कुनै सुत्र फेला पर्न सकेको छैन ।

असार १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंमा आइरहेको पानी वितरण रोकेर विभिन्न प्राविधिक परीक्षणको तयारी गरिएको थियो । तर, परीक्षण हुनुभन्दा अगावै बाढीले बितण्डा मच्याउँदा आयोजनाको बाँध, अस्थायी शिबिर, भौतिक संरचनामा क्षति पुगेको छ ।

Your Opnion

//