स्वयम्भूमा प्रेमालाप गर्दा भेटिएका प्रमुख श्रेष्ठ र इन्जिनियरको बयान– पूजा गर्न गएका थियौँ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
interesting

स्वयम्भूमा प्रेमालाप गर्दा भेटिएका प्रमुख श्रेष्ठ र इन्जिनियरको बयान– पूजा गर्न गएका थियौँ

गृह मन्त्रालयले लकडाउनको समयमा आफ्नै कार्यालयकी इन्जिनियरसँग डेटिङमा जाने सहरी विकास विभागअन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाहीको सिफारिस गरेको थियो । कारबाहीका लागि छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन समितिसमेत गठन भयो ।

सोही छानबिन समितिले उक्त घटनाबारे छानबिन गरेको छ । छानबिन गरी समितिले प्रतिवेदनसहित आवश्यक कारबाहीको मागसहित भौतिक योजना मन्त्रालयलाई प्रतिवेदन पठाएको समितिका प्रमुख भट्टले जानकारी दिए ।

उनले इन्जिनियर्स पोस्टलाई भने, ‘हामीले यस घटनाबारे छानबिन गर्दा देखिएको सत्यतथ्य बुझेर प्रतिवेदनसहित आवश्यक कारबाही गर्न अनुरोध गर्दै भौतिक योजना तथा यातायात मन्त्रालयलमा पठाएका छौं । अब उहाँहरूलाई केही न केही कारबाही हुन्छ ।’

उनका अनुसार छानबिनबाट श्रेष्ठले लिएर गएको गाडीको पास शहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएको उनले बताए । विभागीय प्रमुखले पास दिएको पाइएको हुनाले उनीहरुले निषेधाज्ञाको उल्लंघन भने गरेको नदेखिएको भट्टको भनाइ छ । उनले भने, ‘त्यसैले हामीले कारबाही नगरी भौतिक मन्त्रालयमा पठाएका छौं । त्यहीँबाट कारबही हुन्छ ।’ उनका अनुसार निषेधाज्ञा उल्लंघन गरेको पाइएको अवस्थामा भने प्रशासनले कारबाही गर्ने थियो ।

छानबिनका क्रममा ती दुवैले दिएको बयानअनुसार उनीहरू स्वास्थ्य संस्थाहरूमा इस्टिमेट तयार पार्न गएक थिए । काम सकिएपछि श्रेष्ठले स्वयम्भू गएर दर्शन गर्न इच्छा देखाएको र इन्जिनियर युवतीले पनि केही दिनअघि आफ्नो जन्मदिन मनाएकोले मन्दिरमा पूजा सामग्री चढाउन गएको बयान दिएका छन् ।

छानबिन समितिका अध्यक्ष भट्टले इन्जिनियर्स पोस्टलाई भने, ‘यसको थप अनुसन्धान र कारबाही अख्तियारले नै गर्नेछ । मन्त्रालयका विभागीय प्रमुखले गर्नेछन् । हामीले जे हो त्यही कुरा लेखेर पठाइसकेका छौं । यसबारे अब केही दिनमा थाहा हुन्छ ।’

 श्रेष्ठ प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा गएर युवतीसँग स्वयम्भूमा प्रेमलाप गरिरहेका बेला स्थानीयले उनको तस्बिर खिचेर सामाजिक संजालमा राखेका थिए ।

अश्वभाविक गतिविधि गरिरहेको अवस्थामा फोटो र भिडियो मिडियामा आएपछि त्यसको चौतर्फी आलोचना हुनुको साथै प्रमुखलाई कारबाहीको मागसमेत गरिएको थियो ।

कोभिड संक्रमणको बेला जारी निषेधाज्ञामा सरकारी सवारी चलाएको र सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी गाडीमा युवती लगेर अनुचित कार्य गरेको गरी दुई पक्षबाट अनुसन्धान भएको थियो ।

कोभिड संक्रमणको बेला जारी निषेधाज्ञामा सरकारी सवारी चलाएको र सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी गाडीमा युवती लगेर अनुचित कार्य गरेको गरी दुई पक्षबाट अनुसन्धान भएको थियो । सोही आधारमा जिल्ला प्रशासनले प्रतिवदन तयार पारेको हो ।

Your Opnion

//