सेयर बजारमा खुबै चर्चा कमाएका दुई कम्पनीका जलविद्युत आयोजनामा बाढीले क्षति पुर्यायो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

सेयर बजारमा खुबै चर्चा कमाएका दुई कम्पनीका जलविद्युत आयोजनामा बाढीले क्षति पुर्यायो

hydro dordikhola

दोर्दीखोलामा आएको बाढीले निर्माण सम्पन्न हुन लागेको २५ मेघावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत नेपालकै उद्यमीहरूको लगानीमा लिबर्टी इनर्जी हाइड्रोपावर कम्पनीले यो आयोजना निर्माण गर्न लागेको हो ।

सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले समस्या छ । मंगलबार लिवर्टीको शेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको थियो । साथै, धितोपत्र बोर्डले बाढीले क्षति पुग्नुभन्दा एक दिनअघि मात्र लिवर्टीलाई जोखिमको सूचीमा राखेको थियो । गत वर्षको बाढीले त्यहाँ कार्यरत २ जनाको ज्यान गएको थियो ।

त्यस्तै, सोही खोलामा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । हिमालयन पावर पार्टनरले निर्माण गरिरहेको उक्त आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्टको ५१, आईएमई ग्रुपको ३४ दशमलव तीन र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

पछिल्लो समय हिमालयन पावर पार्टनको सेयर मूल्यमा राम्रो बृद्दि भइरहेको थियो । दुई दिनअघि मात्र कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको थियो ।

यस आयोजनाको इलोट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी थियो । पनस्टेकको ७०० मिटरमध्ये करिब ५० मिटर मात्र काम बाँकी थियो । आयोजना ९८ प्रतिशत निर्माण सम्पन्न भएको थियो । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भइसकेको छ ।

पछिल्लो समय निर्माण सम्पन्न हुन लागेका यी दुई कम्पनीको जलविद्युत आयोजनाको सेयर कारोबारमा तीव्रता आएको थियो । यी आयोजनाहरुमा के–कस्तो क्षति पुगेको हो भन्ने एकीन विवरण भने आउन सकेको छैन । तर, भौतिक संरचनामा समेत क्षति पुगेको बुझिएको छ । बाढीले अन्य आयोजनाहरुमा पनि क्षति पुगेको बताए तापनि एकीन विवरण आउन सकिरहेको छैन ।

Your Opnion

//